बिहीबार, वैशाख १७, २०८३

बालेन साहविरुद्ध लगातार दोस्रो दिन प्रदर्शन

मेरोन्यूज २०८१ असार ३ गते १५:५४


काठमाडौं । काठमाडौंमा आज दोस्रो दिन पनि कवाड व्यवसायीहरुले काठमाडौं महानगरमालिका र मेयर बालेन साहहिवरुद्ध प्रदर्शन गरेका छन् ।

Advertisement
NiccNicc

काठमाडौं महानगरपालिकाले अदालतको आदेश विपरित कवाड व्वयसायी विरुङ तोडफोडमा उत्रिएपछि कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं उपत्यकाभित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि बाध्य भएर आन्दोलनमा उत्रिएको कबाड व्यवसायीका नेता संजय साहले जनाएका छन् ।

पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन साहले कानून तथा अदालतको अन्तरिम आदेश विपरित दुख दिन थालेपछि आन्दोलनमा उत्रिन बाध्य भएको सङ्रघर्ष समितिका नेता साहले बताए ।

आफूहरुको माग सम्बोधन नभए कबाड व्यवसायीहरुले भोलि काठमाडौं महानगरपालिका कार्यालय घेराउ गर्ने जनाएका छन् ।

महानगरपालिकाको डोजर आतंकको विरुद्ध बिशेष प्रदर्शन गरेकोछ । अदालतको आदेश विपरित कवाड व्यवायीहरुमाथि महानगरपालिकाले तोड़फोड़ गर्न थालेपछी कवाड संघर्ष समितिले आन्दोलनको घोषणा गरेकोछ ।

कवाड संघर्ष समितिका नेता रामकेवल साह, संजय साह, सरोज श्रेष्ट लगायतका नेतृत्व एवं आजपाको प्रवक्ता चन्द्रभुषन साह लगायत आजपा नेताहरुको बिशेष सहभागितामा भएको उक्त प्रदर्शनमा “छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर” जस्ता नाराहरु लगाईएकोछ ।

प्रतिक्रिया