लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह

सिरहा । सिरहाको लहान नगर क्षेत्रका बस्तीमा चोरी डकैतीको अफवाह फैलाएर त्रास फैलाउने काम नगर्न र भ्रममा नपर्न प्रहरीले आग्रह गरेको छ ।
गत वैशाख ३१ गते राति लहान नगरपालिका–१७ स्थित हरिपुरमा डाकाहरूको समूहले लुटपाट गरेपछि प्रतिकारमा उत्रिएका स्थानीयमध्ये पाँच जना घाइते भएका थिए ।
उक्त घटनाका केही आरोपीलाई पक्राउ गरी कारबाही गरिए पनि त्यही घटनालाई देखाएर समाजमा त्रास फैलाउने काम गरिएको भन्दै प्रहरीले सचेत गराएको हो ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक अविनाश अधिकारीले आज विज्ञप्ति जारी गरी समाजमा त्रास फैलाउने कार्यमा नलाग्न र त्यसबाट भयभित नहुन आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, “केही समूह र व्यक्तिले विभिन्न स्थानमा डकैती हुँदैछ भनी अनर्गल प्रचार गर्ने, अफवाह फैलाउने, त्रसित बनाउने र जनमानसमा भ्रम फैलाउने काम गरिरहेका भन्ने बुझिन आएकाले यस्ता भ्रामक, तथ्यहीन तथा झुठो हल्लाका पछाडि नपर्न तथा शान्तिसुरक्षाप्रति विश्वस्त हुँदै आफ्ना नियमित काम गर्न सबैमा अनुरोध गर्दछौँ ।”
नेपाल प्रहरी जस्तोसुकै परिस्थितिमा पनि शान्तिसुरक्षा प्रदान गर्न सक्षम रहेको भन्दै भ्रममा नपरी अफवाह फैलाउनेका बारेमा सही सूचना उपलब्ध गराउन प्रहरीले सबैलाई आग्रह गरेको छ ।











फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
निर्वाचन ७० दिन बाँकीः निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता
प्रतिक्रिया