‘सोचेझैँ जिन्दगी रैनछ’ गायिका मधु रुँदै लाइभमा, दोस्रो बिहे पनि संकटमा

काठमाडौं । चर्चित गीत ‘सोचे झैं जिन्दगी रैनछ’ की गायिका मधु क्षेत्री रुँदै टिकटक लाइभमा आएकी छन् । गायिका क्षेत्रीले आफू र आफ्नी छोरीमाथि श्रीमान र उनको परिवारबाट हेला, हिंसा भएको लाइभमार्फत बताएकी छन् ।
पहिलो श्रीमानसँग सम्बन्धबिच्छेदपछि गत वर्ष मात्र मधुले अस्ट्रेलिया बस्ने सुरेश खड्कासँग विवाह गरेकी थिइन् । सुरेश पनि ‘डिभोर्सी’ नै हुन् । उनका दुई छोरा अस्ट्रेलियामा आमासँगै बस्छन् ।
अहिले आफु गर्भवती समेत रहेको मधुले खुलाएकी छन् ।
एक वर्षअघि सुरेशले मधुसँग अदालती विवाह गरेका थिए । विवाहपछि मधुले संगीत क्षेत्रबाट बिदा लिएको घोषणा गर्दे १८ वर्षिया छोरी रीनासहित अस्ट्रेलिया गएकी थिइन् ।
३६ वर्षीया मधुले आफू अस्ट्रेलिया पुगेको केही महिनापछि नै श्रीमानसँगको सम्बन्धमा दरार आएको बताएकी छन् । अहिले आफू लुकेर बस्नसमेत बाध्य भएको उनले बताएकी छन् ।
गर्भवती भएको अवस्थामा पनि सुरेशले मानसिक तनाव र यातना दिएको आरोप उनले लगाएकी छन् । साथै आफ्नी किशोरी छोरीको बेवास्ता गरेको, हेला गरेको आरोप पनि लगाएकी छन् ।
सुरेशले भने यसबारे हालसम्म केही बोलेका छैनन् ।









सिड्नीमा गोली चल्याे, कम्तीमा १० जनाको मृत्यु
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एनपिएल क्रिकेट महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित
सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिकाे सुझाव
समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री कार्की
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
प्रतिक्रिया