भारतबाट म्याद नाघेका र कमसल चामल ल्याएर नेपालमा बेच्ने तयारी

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका लागि चामल खरिदको ठेक्का पाएको सप्लायर्सले भारतबाट म्याद नाघेका, कुहिएका कमसल चामल ल्याएर वितरणको तयारी थालेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जेठ ३२ गते जारी गरेको बोलपत्र अनुसार करिब ७० प्रतिशत चामलको ठेक्का श्री जयगुरु राइस मिल झापाले पाएको छ । सो मिलले कम्पनिकाे प्रादेशिक कार्यालय धनगढी, मुख्य शाखा कार्यालय राजापुर, तुलसिपुर, भैरहवाको अरुवा मोटा चामलको ठेक्का पार्न सफल भएको थियो ।
मिलेमतोमा ठेक्का पाएको जयगुरुले भारतबाट कुहिएको चामल ल्याएर वितरण गर्ने तयारी थालेको छ । भारत सरकारले आफ्ना विपन्न नागरिकलाई सहुलियत दरमा एफसिआई चामल वितरण गर्ने गरेको छ । सोही चोरी गरेर राखिएका एफसिआई चामल, मिति गुज्रिएका चामल नवलपरासी र रुपन्देहीको सिमानाकाबाट भन्सार छलेर ट्रकका ट्रक भित्राउने काम अहिले भइरहेको स्रोतले जानकारी दियो ।
यसरी गैरकानुनी ढंगबाट नेपाल भित्राइएका चामलमा नेपाली मिलको लेवल त्यसमा दिइराखिएको छ । शुभराजेश ट्रेडस् परासी , जय श्रीलक्ष्मी सप्लायर्स भैरहवाले अहिले सामाग्री भित्राइरहेको बताइन्छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका केही कर्मचारीसँगको मिलेमतोमा सूचना चुहाई जयगुरु मिलले ठेक्का पार्न सफल भएको अन्य प्रतिस्पर्धी मिलहरुको दावी छ । सात ठाउँका लागि चामल माग गरिएकाेमा आधाभन्दा बढी ठाउँ अर्थात चार ठाउँकाे ठेक्का जयगुरुले पाएकाे छ । मिलेमतो बिना एउटै कम्पनीले सबै ठाउँकाे ठेक्का पाउने सम्भावनानै नहुने जानकार बताउँछन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नि. प्रमुख डिल्लीराज लम्सालले भने कानुन अनुसारनै जयगुरु मिल बोलपत्र स्वीकृतीका लागि छनोट भएको बताए । उनले कुनैपनि मिल बढी ठेक्काका लागि छनाैट हुनु जालझेल र मिलेमतो नभएर कानुनगत सबै प्रक्रिया पुगेर भएकाे बताए । ‘जालझेल हुने कुरै छैन कानुनी प्रक्रिया र प्रमाण जसको पुग्छ उसैले ठेक्का पाउने हो’ उनले भने ।
कानुन नपुगेका, रित नपुगेका, करचुक्ता, इजाजत प्रमाणपत्रहरु नपुगेका बोलपत्र अस्वीकृत भएकाे उनले बताए ।
कुहिएको चामल ल्याएर वितरण गर्ने तयारी रहेकाे आरोपबारे नि. प्रमुख लम्सालले भारतबाट चामल आयात गर्न खाद्य कम्पनीले कुनैपनि इजाजत वा सिफारिस नदिएको बताए । प्राविधिकले पास गरेको चामल मात्रै ग्राहकलाई वितरण हुने उनको भनाइ छ ।
‘भारतबाट ल्याउन खाद्यले कुनैपनि इजाजत दिएको छैन । प्राविधिकले पास गरेपछि मात्र चामल ग्राहकलाई जाने हाे’ । केही कैफियत भेटिए अनुसन्धान गर्छौं ‘ उनले भने।

















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया