आगामी आर्थिक वर्षदेखि राससले २४सै घण्टा सेवा प्रवाह गर्ने : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ देखि राष्ट्रिय समाचार समिति (रासस)को समाचार सेवा २४सै घण्टा सञ्चालन गरिने बताएकी छिन्
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले तथ्यमा आधारित विश्वसनीय समाचार सेवा दिँदै आएको राससले आगामी आर्थिक वर्षदेखि २४सै घण्टा सेवा प्रवाह गर्ने जानकारी दिइन् ।
मन्त्री शर्माले राससको २४ घण्टाको सेवाबाट आमसञ्चारमाध्यम र नागरिकले समयमै सत्यतथ्य र आधिकारिक समाचार प्राप्त गर्ने विश्वास व्यक्त गरिन् । उनले राससको २४ घण्टे सेवा सञ्चालन र मातृ भाषामा समाचार सम्प्रेषणका लागि सरकारले आवश्यक बजेट व्यवस्था गरेको बताइन् । राससले हाल बिहान ६ः०० देखि राति ११ः०० बजेसम्म सेवा प्रवाह गर्दै आएको छ ।
यसैगरी मन्त्री शर्माले राससको श्रव्यदृश्य सेवाको निरन्तरताका साथै मैथिली र नेवारी भाषामा समेत समाचार सेवा प्रवाह गर्न लागेको जानकारी दिइन् । राससले यसअघि अवधि भाषामा समाचार सम्प्रेषण गर्दै आएको छ ।
मन्त्री शर्माले पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष पत्रकारिताको पक्षमा प्रतिबद्ध रहेको बताइन् ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया