जन्मदिनमा वृक्षारोपण तथा निःशुल्क दन्त शिविर

काठमाडौं । नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितको जन्मोत्सवका अवसरमा बिहीबार काठमाडौँको तारकेश्वर नगरपालिका ४ र नागार्जुन क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । पण्डितको जन्मोत्सवकै अवसरमा तारकेश्वर नगरपालिका वार्ड नं ४ मा निःशुल्क दन्त शिविर समेत सम्पन्न भएको छ ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालको ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’ अभियान अन्तर्गत पण्डितको जन्मोत्सवको अवसरमा केन्द्रकै आयोजनामा वृक्षारोपण तथा दन्तशिविर कार्यक्रम सम्पन्न भएको हो ।
तारकेश्वर नगरपालिका ४ को वडा कार्यालयमा सम्पन्न भएको सो कार्यक्रममा वृक्षारोपणको सुरुवात प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रम शुभारम्भ गर्दै सचिव उपाध्यायले जन्मोत्सवलाई सत्कर्मसँग जोडौँ अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रममलाई देशव्यापाी बनाउन सकिएमा प्रकृतिको संरक्षणमा ठुलो योगदान पुग्ने बताए ।
सम्पादक पण्डितले जन्मदिनलाई सत्कर्म सँग जोडिएर वृक्षारोपण कार्यक्रम गरिएको र यसले वातावरण विनास रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा सरिक भएका सूचना तथा प्रसारण विभागका महानिर्देशक बलराम रिज्याल, राजश्व अनुसन्धान विभागका निर्देशक नवराज अधिकारीलगायत थिए ।
कार्यक्रममा तारकेश्वर नपा वडा नं ४ र नजिकै रहेको नागार्जुन जंगल क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो ।
वृक्षारोपण कार्यक्रम सम्पन्न भएलगत्तै जन्मदिनलाई सत्कर्मसँग जोडौँ अभियान अन्तर्गत तारकेश्वर ४ को वडा कार्यालयमा वृहत निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको थियो । सो शिविरमा ओम समाज डेण्टल अस्पतालका वरिष्ठ दन्त विशेषज्ञ डा सुभाष घिमिरे नेतृत्वको चिकित्सकको टोलीले स्थानीय १ सय जना भन्दा बढीको निःशुल्क उपचार र दाँत परीक्षण गरेको थियो ।

















प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया