मेलुङका ७५ प्रतिशत बस्तीमा स्वच्छ खानेपानी

दोलखा । मेलुङ गाउँपालिकाको ७५ प्रतिशत बस्तीमा खानेपानी पहुँच पुगेको छ । गाउँपालिका अध्यक्ष हिराकुमार थोकर अनुसार पालिकाले खानेपानी विस्तारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
बाँकी २५ प्रतिशत जनतालाई पनि स्वच्छ पानी पुर्याउने कार्य भैरहेको अध्यक्ष थोकरले बताए। पालिकाले अन्य पूर्वाधारसँगै स्वच्छ खानेपानीको पहुँच विस्तारमा उच्च प्राथमिकता दिएको छ ।
गाउँपालिकाले चालु वर्षमा पालिकाभित्र सानाठूला गरि खानेपानीका ५० वटा योजना वितरण गरेको थियो। जसमा ३० वटा खानेपानी ट्यांकी,२९ वटा इन्टेक ५७।१५५ किलोमीटर खानेपानी पाइपलाइन विस्तार तथा दुई सय ९६ वटा धारा निर्माण सम्पन्न गरिसकेको गाउँपालिकाका प्रमुख इन्जिनियर सुमन नेपालले बताए।
स्वच्छ खानेपानी वितरणको लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०र८१ मा ३ करोड ३८ लाख ५० हजार विनियोजन गरेको थियो ।पालिकाको मुख्य प्राथमिकतामा रहेको सडक योजनापछि दोस्रोमा खानेपानीलाई राखेर काम गरिरहेको र आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा पनि खानेपानीलाई उच्च प्राथमिकतामा राख्ने गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले बताइन् ।
केही वर्ष अघिसम्म खानेपानीको समस्या लिएर सदरमुकाम पुग्ने स्थानीय अहिले घरमै धारा सहितको स्वच्छ पानी आएपछि स्थानीय दङ्ग छन्।मेलुङकि स्थानीय मनमाया कार्की भन्छिन्, ‘पहिले दुईघण्टा हिडेर खानेपानी लिन जानुपर्ने बाध्यता थियो तर अहिले गाउँपालिकाले घर आगनमै धारा सहितको पानी ल्याइदिएको छ ।’
खानेपानीको जोहोका लागि पहिले कुवा, खोल्सा खोल्सीमा गाग्री लिएर हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको उनले बताइन् ।

















शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया