प्रधानमन्त्री प्रचण्डको दाबी, ‘जनयुद्धमा भन्दा बढी अहिले देशका लागि खटेको छु’(भिडियाे)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा भन्दा बढी अहिले देशको काममा खटेको दाबी गरेका छन् ।
शुक्रबार बुद्धिजीवी संगठनको राष्ट्रिय सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै उनले जीवनको उत्तरार्द्धमा पुग्दासमेत आफू पार्टी, आन्दोलन र देशको आवश्यकता अनुसार सक्रिय रहेको बताए ।
‘जीवनको उत्तरार्द्धतिर लागेको छु । जनयुद्धमा भन्दा बढी अहिले खटेको छु । त्यतिबेला जीवन सरल थियो । भन्न त मान्छेले कहिले यता कहिले उता भन्छन् । तर मैले पार्टी, आन्दोलन र देशको आवश्यकता अनुसार सक्रिय भूमिका निर्वाह गरेको छु’, उनले भने, ‘सदनमा भएका र बाहिर भएका दलहरूलाई पनि संयोजन गर्ने काम गरिराखेको छु । अझ कांग्रेस, एमालेभित्रको समस्या पनि मैले नै समाधान गर्नु परेको जसरी मैले नै काम गरिराख्नु परिराखेकै छ । जीवनको अन्तिमसम्म पनि सक्रिय रहने प्रण गरेको छु ।’
सम्बन्धित









एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
प्रतिक्रिया