दाङमा रासायनिक मल अभाव नहुने

दाङ । दाङमा यस वर्ष धानखेतीका लागि रासायनिक मल अभाव नहुने भएको छ । आधाभन्दा बढी मल भित्रिसकेको र आवश्यकताअनुसार गोदाममा मौज्दातसमेत रहेकाले रासायनिक मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका जिल्ला शाखाले जनाएका छन् ।
जिल्लामा किसानले मकै र धानखेतीका लागि रासायनिक मल सहकारीमार्फत लैजाने गरेका छन् । सहकारी संस्थाको मागअनुसार गत वर्ष मकै र धानखेतीका लागि जिल्लामा कृषि सामग्री कम्पनीले युरिया पाँच हजार २० दशमलव चार सय मेट्रिकटन, डीएपी दुई हजार चार सय ५१ दशमलव चार सय मेट्रिकटन, पोटास एक हजार ७४ दशमलव छ सय मेट्रिकटन वितरण भएको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखा प्रमुख टोपाराम गौतमले जानकारी दिए।
किसानले एक वर्षका लागि मल सञ्चित गर्ने बानी छोड्न उनले सुझाव दिए । “मल पर्याप्त मात्रामा आएको छ कृषि सहकारी संस्थालको माग अनुसार पालैपालो मल वितरण भइरहेको छ”, उनले भने, “धान रोप्ने बेला किसानले युरिया र डिएपी मिलाएर प्रयोग गर्नुपर्नेमा अर्को वर्षका लागि मल स्टक राख्न खोजेका कारण बेलाबेलामा समस्या हुन्छ ।”
यस वर्ष जेठ मसान्तसम्म कृषि सामग्रीमा चार हजार सात सय ५० दशमलव एक सय मेट्रिकटन युरिया, डीएपी दुई हजार आठ सय २४ दशमलव एक हजार तीन सय ५० मेट्रिकटन र पोटास दुई सय २४ दशमलव दुई सय ५० मेट्रिकटन आएर वितरण भइरहेको कार्यालय प्रमुख गौतमले बताए ।
तुलसीपुर क्षेत्रमा पनि मल पर्याप्त रहेको र कृषकले मल पाइराखेकाले यस वर्ष मल अभाव नहुने कृषि सामग्री कम्पनी तुलसीपुरका प्रमुख तीर्थराज न्यौपानेले जानकारी दिए । मल आउने क्रम जारी रहेकाले मल अभाव नहुने उनले बताए । गत वर्षको तुलनामा यस वर्ष धेरै मल वितरण भएको र अझै एक महिना समय बाँकी हुँदा किसानले सहज रुपमा मल पाउने उनको भनाइ छ ।
साल्ट ट्रेडिङ दाङका प्रमुख रामबाबु गुप्ताले यो वर्ष मल अभाव नहुने बताए। गत वर्ष युरिया ६२ हजार बढी बोरा र डीएपी २५ हजार बोरा बिक्री भएकोमा यस वर्ष अहिलेसम्म युरिया ६३ हजार, डिएपी ४० हजार बोरा बिक्री भएको उनले जानकारी दिए ।


















५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया