युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित
मेरोन्यूज
२०८१ असार ८ गते ६:५६

काठमाडौँ । युक्रेनले जारी युरोकपमा स्लोभाकियालाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा युक्रेनले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
युक्रेनको जितमा मिकोला शापारेनको र रोमान यारेमचुकले एक एक गोल गरेका थिए । त्यस्तै स्लोभाकियाका लागि इभान स्चारान्जले एक गोल गरेका थिए । १-० गोलले पछि परेको युक्रेनले खेलमा कमब्याक गर्दै जित निकालेको छ ।
पहिलो खेलमा रोमानियासँग ३-० ले हारेको युक्रेनले दोस्रो खेलमा जित निकाल्दै समुह इ मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यो जितपछि युक्रेन समुहमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै स्लोभाकियाको पनि २ खेलमा ३ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।
अब युक्रेनले समुह चरणको अन्तिम खेल बेल्जियमसँग जुन २६ मा खेल्ने छ भने स्लोभाकियाले रोमानियासँग सोहि दिन खेल्ने तालिका छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया