युरोकप २०२४ : जर्जिया र चेक गणतन्त्रको बराबरी

काठमाडौं । जर्मनीमा भइरहेको १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत समूह एफको खेलमा जर्जिया र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् । यो बराबरीसँगै दुवै टोलीले एकएक अंक जोडेका छन् । जर्मनीमा भइरहेको १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत समूह एफको खेलमा जर्जिया र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् । यो बराबरीसँगै दुवै टोलीले एकएक अंक जोडेका छन् ।
खेलमा जर्जियाले अग्रता बनाएपनि जोगाउन नसक्दा बराबरीमा चित्ता बुझायो । पहिलो हाफको इन्जुरी समयमा जर्जियाका लागि जर्जेस मिकाउताडेजले पेनाल्टीमार्फत गोल गरेका थिए ।
खेलको ५९ औँ मिनेटमा चेक गणतन्त्रका प्याट्रिक सिकले गोल गर्दै बराबरीमा पुर्याएका थिए । त्यसपछि दुवै टोलीले गोलका केही सुन्दर अवसरहरु बनाएपनि सदुपयोग गर्न सकेनन् ।
यो नजिता पछि समुहमा एफ चेक गणतन्त्र एक अंकसहित तालिकको तेस्रो स्थानमा छ । उसले दुई खेलमा एक अंक जोडेको हो । त्यस्तै दुई खेल नै खेलको जर्जिया पनि एक अंक सहित समूहको चौथो स्थानमा छ ।
चेक गणतन्त्र आफ्नो पहिलो खेलमा पोर्चुगलसँग २–१ गोलले पराजित भएको थियो । भने जर्जिया टर्कीसँग ३–१ गोलले पराजित भएको थियो ।
यो समूहको पहिलो स्थानमा तीन अंकसहित टर्की छ भने तीन अंक नै भएको पोर्चुगल गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया