टी-२० विश्वकपको सुपर आठमा आज दुई खेल हुँदै

काठमाडौँ । जारी टी- २० विश्वकप अन्तर्गत आज सुपर आठका दुई खेल हुदै छन् । आज पहिलो खेल अफगानिस्तान र अस्ट्रेलियाबीच हुदै छ ।
सेन्ट भिन्सेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने छ ।
सुपर आठमा अफगानिस्तानले आफ्नो पहिलो खेलमा भारतसँग हार बेहोरेको छ भने अस्ट्रेलियाले बंगलादेशमाथि जित हासिल गरेको छ ।
अफगानिस्तान र अस्ट्रेलियाबीच अहिलेसम्म एक टी -२० खेल भएको छ, जुन अस्ट्रेलियाले जितेको छ ।
त्यस्तै आज दोस्रो खेल इङल्याण्ड र अमेरिकाबीच हुदै छ । बारबाडोसस्थित केनसिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।
सुपर आठमा दुवै देशको यो अन्तिम खेल हो । इङल्याण्डले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने अमेरिकाले दुवै खेलमा हार बेहोरेको छ ।
सेमिफाइनलमा पुग्न आज इङल्याण्डका लागि अमेरिकालाई पराजित गर्नै पर्ने र अर्को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पराजित गर्नुपर्ने अवस्था रहेको छ । त्यस्तै वेस्ट इन्डिजले जितेमा भने रनरेटको आधारमा सेमिफाइनलमा पुग्ने देशको तय हुने छ । त्यस्तै अमेरिकाले भने कम्तिमा ८० रनको अन्तरमा इङल्याण्डलाई पराजित गरेमा तथा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई कम्तिमा ६७ रन अन्तरले पराजित गरेमा मात्र सेमिफाइनलमा पुग्ने छ ।













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया