शतक बनाउन चुके रोहित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गत अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतका कप्तान रोहित शर्मा आउट भएका छन् ।
४१ बलको सामना गरेका रोहितले आउट हुनुअघि ९२ रन बनाए । त्यसक्रममा उनले ७ चौका र ८ छक्का प्रहार गरे । शर्मालाई अस्ट्रेलियाका मिचेल स्टार्कले आउट गरेका हुन् ।यसअघि भारतले विराट कोहलीलाई शुन्य र ऋषभ पंतलाई १५ रनमा गुमाएको थियो ।
सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा टस हारेर ब्याटिङ गरिरहेको भारतले १२ ओभरको खेल सकिँदा भारतले तीन विकेटको क्षतिमा १३१ रन बनाएको छ । अहिले क्रिजमा सुर्यकुमार यादव र शिवम् दुवे छन् ।
भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो ।
सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।












EU urges calm, restraint to avoid escalation in Venezuela
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस
59 days left for HoR election: EC appoints Chief Returning Officers, Returning Officers
मन्त्रिपरिषद् बैठक जारी
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
प्रतिक्रिया