विभिन्न १० देशका २०० भन्दा बढी युवाहरू काठमाडौँमा भेला

काठमाडौँ । एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स २०२४ को नवौँ संस्करण काठमाडौँमा सुरु भएको छ । विभिन्न १० देशका २०० भन्दा बढी युवाहरू सहभागी सम्मेलन सोमबारदेखि सुरु भएको हो ।
युथ थिंकरर्स सोसाईटीद्वारा नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा पाँच दिने सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, म्यानमार, जापान, सुडान, कजाकिस्तान र किर्गिस्तान जस्ता देशका २०० भन्दा बढी युवा नेताहरूको सहभागिता रहेको छ ।
युवाहरूलाई मानवीय सुरक्षा संकट र साइबर खतराहरू, राजनीतिक क्षेत्रमा महिलाको सहभागिता, डिजिटल गलत सूचना, कृषि जैविक विविधता संरक्षण, दिगो ऊर्जा र पानी व्यवस्थापन जस्ता विश्वव्यापी समस्याहरूको सामना र समाधान गर्न सशक्त बनाउने उद्देश्य राखिएको छ ।
बौद्धिक गरिबी मुख्य समस्या रहेको र यस किसिमका कार्यक्रमहरू मार्फत युवामा लगानी गर्नु अति आवश्यक रहेको युवा चिन्तक समाजका सह–संस्थापक चेवन राईले बताए ।
नेशन्स दक्षिण र मध्य एशियाली क्षेत्रको सबैभन्दा प्रतिष्ठित मोडेल युएन सम्मेलनहरूमध्ये एक मानिन्छ । यो सम्मेलनले विभिन्न सांस्कृतिक पृष्ठभूमिका युवाहरूलाई गहन बहस र वार्तामा संलग्न गराएर उनीहरूको कूटनीतिक क्षमतालाई सुदृढ बनाउने अवसर प्रदान गर्दछ ।
सोमबार काठमाडौँमा आयोजित उद्घाटन समारोहमा परराष्ट्र मन्त्रालयका प्रवक्ता सह–सचिव अमृत बहादुर राई, नेपालका लागि अमेरिकी राजदूत डिन आर. थोम्पसन, र संयुक्त राष्ट्र महिला नेपालको लागि प्रतिनिधि पेट्रीसिया फर्नान्डेज–पाचेको लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहका वक्ताहरूले विश्व मामिलामा युवाहरूको संलग्नताको महत्वलाई जोड दिएका थिए । नेशन्सले सांस्कृतिक समझदारीलाई प्रोत्साहन गरी र कूटनीतिक सीपहरूलाई प्रखर बनाई सहभागीहरूलाई भविष्यमा राम्रो र दिगो समाज निर्माण गर्न आवश्यक उपकरणहरू प्रदान गर्न लक्ष्य लिएको राईले बताए ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
प्रतिक्रिया