ज्ञानेन्द्र शाहीलाई दाहालको जवाफ- अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ (भिडियाे)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नेपाली नागरिकलाई रुसी सेनामा नपठाएको बताएका छन् ।
परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ‘रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन के पहल भएको छ ?’ भन्दै प्रश्न गरेका थिए । उनले ‘यो देशमा सरकार र प्रधानमन्त्री पनि छ ?’ भन्ने प्रश्न गरेका थिए ।
जवाफमा प्रचण्डले आफू प्रधानमन्त्री भएकाले नै युद्ध लडिरहेकासँग राति १२ बजे पनि संवाद गरेको बताए । “प्रश्न सोध्ने माननीयज्यू यहीँ हुनुहुन्छ कि जानुभयो ? नेपालमा प्रधानमन्त्री छ र त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ,” उनले भने, “सरकारले पठाएर रुसी सेनामा गएका हैनन् । जे भए पनि नेपाली नागरिक जानु र युद्धमा मारिनु दुःखद कुरा हो ।”
प्रचण्डले प्रचण्डले जुनसुकै माध्यमबाट युद्ध मैदानमा पुगे पनि उनीहरूलाई फिर्ता ल्याउने पहल जारी रहेको जानकारी गराए ।


















अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
कांग्रेस अनुशासन समितिले पूर्णबहादुर खड्कालाई कारबाही गर्न लागेको हो ?
कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
प्रतिक्रिया