यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा युवकको मृत्यु

वीरगन्ज । सिरहामा यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु भएको आशंका गरिएको छ । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको जानकारी दिए । उनी सोमबार स्थानीय धनगढीमाइ होटेल एण्ड लजमा प्रेमिकासहित पुगेका थिए । ‘सेक्स पावर’ बढाउने औषधीको सेवनबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।
मृतक सोमबार बिहान मात्रै मलेसियाबाट घर ९सिरहा० फर्केका थिए । त्यसपछि नुहाई धुवाइ गरेर अर्का एक साथीलाई सामान दिनुछ भनी घरबाट निस्केको बताइन्छ ।
प्रहरीले चलाएको सोधपुछमा त्यही बेला मृतक कामत सोमबार बिहान साढे ९ बजे एक महिलासँगै उक्त होटेलमा इन्ट्री गरेको पाइएको छ । जसमा आफू विदेशबाट आएको राहदानी देखाउँदै होटेलमा श्रीमतीसँग बस्ने भनेर होटेल बुक गरेको खुलेको प्रहरी अनुसन्धानले देखाएको छ ।
पण्डितले भने, ‘बिहान साढे ९ बजेदेखि होटेल प्रवेश गरेको देखिएको छ । त्यसपछि करिब अढाइ बजेतिर श्रीमान सुतिरहेको भन्दै काम विशेषले ती महिला बाहिर निस्केको देखिन्छ । उनी बाहिर गइसकेको झन्डै २ घण्टासम्म नफर्केपछि होटलवाला साँझ रुममा गए, जहाँ कामत मृतक अवस्थामा भेटिएका थिए ।’
त्यसपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । मुचुल्का उठाउन घटनास्थलमा तत्कालै प्रहरीको टोली पुग्यो । त्यसपछि उक्त टोलीले शवको बरामदी मुचुल्का उठाउनुको साथै घटनाको प्रकृति तथा विश्लेषण सुरु ग¥यो ।
यही क्रममा प्रहरीको टोलीले होटेलमा मृतकलाई बान्ता गरेको तथा उत्तानो अवस्थामा मृत अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार जहाँ मृतकले अत्यधिक बान्ता गरेका थिए ।
त्यसपछि प्रहरीको टोलीले त्यही कोठाबाट २ वटा प्रयोग भएको कन्डमसमेत बरामद पारेको छ । बरामद भएको ती कन्डम र बान्ताको विश्लेषण गर्दा उनको मृत्यु यौन शक्ति बढाउने औषधी सेवनबाट भएको प्रहरीको निष्कर्ष छ ।
प्रहरीले मृतकसँगै गएकी महिलाको पहिचान भइसकेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।














आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
प्रतिक्रिया