टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ । जारी टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङल्याण्ड पुगेका छन् ।
सुपर आठको समुह एक बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समुह २ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन् ।
अब सेमिफाइनलका दुवै खेल विहिबार हुने छन् । बिहिबार बिहान पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुने छ । ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार विहान ६: १५ बजेदेखि शुरु हुने छ ।
दक्षिण अफ्रिका सुपर आठमा तिनै खेल जितेर सेमिफाइनलमा पुगेको हो भने अफगानिस्तानले अस्ट्रेलिया र बंगलादेशलाई हराउदै सेमिफाइनलमा पुगेको हो । यस विश्वकपमा दुवै देशको यात्रा रोचक रहेको छ । दक्षिण अफ्रिकाले अहिलेसम्म अपराजित रहेपनि सबै खेलमा संघर्षपूर्ण जित हासिल गर्दै सेमिफाइनलसम्म पुगेको छ भने अर्को तर्फ अफगानिस्तानले समुह चरणमा न्यूजील्याण्ड र सुपर आठमा अस्ट्रेलियालाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै दक्षिण अफ्रिका १० बर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ । यस आघ इ२०१४ को विश्वकपमा दक्षिण अफ्रीका सेमिफाइनलमा पुगेको थियो । त्यसअघि २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । दक्षिण अफ्रीका विश्वकपमा अहिलेसम्म सेमिफाइनलभन्दा अगाडी बढ्न सकेको छैन ।
त्यस्तै अफगानिस्तान भने इतिहास बनाउदै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म २ टी -२० खेल भएका छन् । जसमा दुवै खेल दक्षिण अफ्रिकाले जितेको छ ।
त्यसैगरी दोस्रो सेमिफाइनल खेल भारत र इङल्याण्डबीच हुने भएको छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।
भारत यस विश्वकपमा अपराजित हुदै सेमिफाइनलसम्म पुगेको छ भने इङल्याण्डले पनि अहिलेसम्म उत्कृष्ट खेल देखाउदै सेमिफाइनलमा पुगेको छ । इङल्याण्ड समुह चरणमा अस्ट्रेलियासँग र सुपर आठमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
भारतले २००७ को टी- २० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । त्यस्तै इङल्याण्डले भने २०१० र २०२२ को विश्वकप जितेको थियो ।
भारत र इङल्याण्डबीच अहिलेसम्म २३ टी- २० खेल भएका छन् । जसमा भारतले १२ र इङल्याण्डले ११ खेल जितेका छन् ।













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया