अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरको सन्यास
मेरोन्यूज
२०८१ असार १२ गते १०:१७

काठमाडौँ । अस्ट्रेलिया टी- २० विश्वकपबाट बाहिरिएपछि आक्रामक ब्याट्सम्यान डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । वार्नरले टेस्ट क्रिकेट र एकदिवसीय क्रिकेटबाट यस अघि नै सन्यास लिएका थिए ।
वार्नरले अस्ट्रेलियाका लागि ११० टी- २० खेलेका छन् । जसमा ३३.४३ को औसतमा ३२७७ रन बनाएका छन् । साथै उनले २८ अर्धशतक र एक शतक समेत बनाएका छन् ।
यस विश्वकपमा भने वार्नरले दुई अर्धशतक बनाए । उनले ओमानविरुद्ध ५६ र बंगलादेशविरुद्ध ५३ रनको पारी खेलेका थिए ।
उनले २००९ मा दक्षिण अफ्रिकाविरुद्ध टी- २० डेभ्यु गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि ३७ बर्षिय वार्नरले फ्रेन्चाईजी टी- २० लिग भने खेल्ने बताइएको छ ।
सम्बन्धित












EU urges calm, restraint to avoid escalation in Venezuela
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस
59 days left for HoR election: EC appoints Chief Returning Officers, Returning Officers
मन्त्रिपरिषद् बैठक जारी
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
प्रतिक्रिया