३ दिने बेसिया खेल प्रतियोगिता सम्पन्न
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूले खेल्ने विभिन्न खेलहरू मध्ये बेसिया खेल पनि एक हो ।
यो खेल विशेष गरी मस्तिष्क पक्षाघात, मस्कुलर डिष्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी अपाङ्गता भएका व्यक्तिहरूले जोडी, एकल समूह, र्यााम्पको प्रयोग गरेर तथा हात वा खुट्टाले खेल्ने गर्दछन् ।
नेपालमा अहिले सम्म अपाङ्गता भएका व्यक्तिहरूका लागि बेसिया संघ नेपालले विभिन्न सहयोगी संघ संस्था तथा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा विभिन्न समयमा बेसिया खेल प्रतियोगिता गर्दै आएको छ ।
यसै क्रममा स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारा सहित राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि बोसिया संघको व्यवस्थापनमा पारा तथा विशेष खेलकुद प्रतियोगिता २०८० अन्तर्गत यही असार १४ गते देखि १६ गते सम्म मस्तिष्क पक्षाघात, मस्कुलर डिष्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी अपाङ्गता भएका व्यक्तिहरूका लागि बेसिया संघ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
यस खेलमा यस बोसिया खेल प्रतियोगितामा मस्तिष्क पक्षाघात तर्फ खुट्टाले खेल्ने समूहमा बुध राई र आकार थापा प्रथम, अमित श्रेष्ठ र प्रिता बहल दितिय र समीर थापा र गोपाल पौडेलले तृतीय स्थान प्राप्त गरेका थिए ।
त्यसै गरी र्याप्प अन्तर्गतको २ प्रकारको खेलमा सिवियर अपाङ्गताको खेलमा लिजा बज्राचार्य र सुलोचना भ्वयधो प्रथम, विक्रम ह्यागोजु र विकेश अधिकारी दितिय र सुगम सापकोटा र श्रवण दुमरुले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।
त्यसै गरी त्यसै गरी ३ / ३ जनाको समूहगत ( मिक्स टिम ) खेलमा आकाश वर्मा, गंगा कसलवात, रोशनी खत्री प्रथम, रिया श्रेष्ठ, चुनीमाया गुरुङ्, विनु थापा दितिय र रश्मी खानल, रुपेश लामिछाने रोशन विष्टले तृतीय स्थान प्राप्त गरेका थिए ।
समूहगत ( मिक्स टिम ) खेलमा पूर्णिमा तामाङ् प्रथम, सुहाना विश्वकर्मा दितिय र श्री कृष्ण चौधरीले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।
यस ३ दिने बोसिया खेलकुद प्रतियोगितामा हातले खेलिने जोडी खेल BC2 मा जिज्ञासा अधिकारी र उमङ्गराज कार्कीले प्रथम, लक्ष्मी मगर र सुञ्जन रावलले दितिय र सुमन पलिखेल र कृष्ण जोन्छेले तृतीय स्थान प्राप्त गरेका थिए ।
मस्कुलर डिफ्ट्रोफी र सिवियर स्पाइनल कर्ड इन्जुरी BC4 अन्तर्गत आयन पुजारी प्रथम, विष्णु घिमिरे दितिय र कोष बहादुर थापाले तृतीय स्थान प्राप्त गर्नु भएको छ ।
यसै खेल अन्तर्गत मिक्स तर्फको बोसिया खेल तर्फ मलिना खड्गी प्रथम, कृष्ण मगर दितिय र यूनिशा लिम्बुले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।
उक्त ३ दिने बेसिया खेलकुद प्रतियोगिताको समापनका क्रममा अभिभावक सुशीला मल्लले सबैलाई स्वागत गर्दै बोसिया खेललाई निरन्तरता दिनको लागि राज्य स्तरबाट नै आवश्यक बजेट विनियोजन गरेर सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि बोसिया संघ नेपालकी अध्यक्ष गोमा देवी पौडेलले बोसिया खेलले मस्तिष्क पक्षाघात, मस्कुलर डिष्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी अपाङ्गता भएका व्यक्तिहरूका लागि फिजियो थेरापीको काम गर्ने हुनाले यो खेल अति नै महत्त्वपूर्ण रहेको बताइन् ।
साथै उनले यो खेलकुदलाई नेपालका सबै निकायहरूमा लैजान जरुरी रहेको भन्दै आगामी दिनमा राष्ट्रिय खेलकुद परिषद्ले बोसिया खेलको निरन्तरताका लागि आवश्यक सहयोग गर्नु पर्ने कुरामा जोड दिइन् ।
त्यसै गरी आयोजक संस्था राष्ट्रिय खेलकुद परिषद्का सदस्य पेमा लामाले कुनै पनि खेल खेल्ने अधिकार सबै नागरिकको भएको हुनाले अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूले चाहेको खेल खेल्न पाउनु पर्ने भन्दै उनीहरूको खेलकुदको विकास र निरन्तरताका लागि आवश्यक सहयोग गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताइन् ।
सो कार्यक्रममा सिवियर स्पाइनल कर्ड इन्जुरी अपाङ्गता भएका खेलाडी कोष बहादुर थापाले बोसिया खेल मस्तिष्क पक्षाघात, मस्कुलर डिष्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी अपाङ्गता भएका व्यक्तिहरूका लागि अति नै आवश्यक रहेको भन्दै यस खेलको निरन्तरताका लागि राज्यले आवश्यक सहयोग गर्नु पर्ने कुरामा जोड दिएका छन् ।
त्यसै गरी बोसिया खेलका प्रमुख प्रशिक्षक बाबुकृष्ण रञ्जितले यस्ता प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि राज्यले विभिन्न समयमा मैत्रीपूर्ण खेलकुद प्रतियोगिता गर्नु पर्ने भन्दै उनीहरूलाई समाजमा घुलमिल गराउन, मनोरञ्जन दिन तथा स्वस्थ राख्नको लागि बोसिया खेल ज्यादै महत्त्वपूर्ण रहेको भन्दै यस खेलको विकासको लागि सबैको साथ सहयोगको आवश्यक रहेको बताए ।
सो बोसिया खेलकुद प्रतियोगितामा मस्तिष्क पक्षाघात, मस्कुलर डिष्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी अपाङ्गता भएका ६० जनाको सहभागिता रहेको थियो । खेलाडीहरुलाईलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
















नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया