नगरसभाबाट ललितपुर महानगरको बजेट पारित

ललितपुर। ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोडको बजेट पारित गरेको छ ।
असार १० गते महानगरकी उपप्रमुख मञ्जली शाक्यले नगरसभामा प्रस्तुत गरेको बजेट सोमबार बसेको नगरसभा बैठकले पारित गरेको हो । महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले आर्थिक वर्ष २०८१/२०८२ का लागि बजेट पारित गरेको जानकारी दिए ।
महानगरको नीति तथा कार्यक्रम यसअघिको बैठकले पारित गरेको उनले बताए । महानगरका अनुसार चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ ।
महानगर प्रमुख चिरीबाबु महर्जनले बजेटमा व्यापक छलफल गरी पारित गरेको बताए । उनले भने, ‘चरणबद्ध रूपमा हामीले औपचारिक, अनौपचारिक ढंगबाट छलफल गर्यौँ ।’ महानगर प्रमुख चिरीबाबु महर्जनले आगामी आर्थिक वर्षमा महानगरले वातावरण संरक्षण, हरियाली संरक्षण, सम्पदा संरक्षणलाई प्राथमिकता दिएको जानकारी दिए ।
















नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया