मंगलबार, पुष १, २०८२

सुर्यगढीका बालबालिकाले गरे बालविवाह नगर्ने प्रतिवद्धता

मेरोन्यूज २०८१ असार १८ गते १८:५५

नुवाकोट । नुवाकोट जिल्लाका सुर्यगढी गाउँपालिकाले बालविवाह रोक्न पृथक गतिविधि अघि बढाएको छ ।

अहिलेको बदलिँदो परिवेशमा एक गम्भीर चुनौतीका रुपमा देशैभरी रहेको बालविवाहको दर रोक्नका लागि गाउँपालिकाको महिला बालबालिका तथा ज्यष्ठ नागरीक शाखाले फरक रणनीति अघि सारेको हो ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालित बाल विवाह अन्त्यका लागि सामुदायिक परिचालन कार्यक्रम अन्तरगत उक्त शाखाले बालविवाह न्युनिकरणका लागि बाल विवाह र सजाय लगायत कानुनी व्यवस्था विषयमा प्रशिक्षण गरी तत्पश्चात ‘म कानुनले तोके वमोजिम २० वर्ष पुरा भएपछि मात्र बिहे गर्नेछु र अरुलाई भन्नेछु ।’ भन्ने भनाइको शपथ गराउँदै प्रतिवद्धपत्रमा हस्ताक्षर गराई कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया