नागढुंगा-नौबिसे सडकखण्ड बुधबार र बिहीबार राती बन्द हुने
मेरोन्यूज
२०८१ असार १९ गते १८:३९

काठमाडौँ । त्रिभुवन राजमार्ग (नागढुंगा–नौबिसे सडक खण्ड) बुधबार र बिहीबार रातीको समयमा पूर्ण रुपमा बन्द हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रुपमा रोक लगाइने बताएको छ ।
नौबिसे खोलाको पुलमा काम गर्न सहज बनाउनु साथै सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई दिन उक्त क्षेत्रमा राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमनलाई रोक लगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
साथै यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनलाई भने रोक लगाइएको छैन ।
सम्बन्धित










हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया