विद्यालयको कक्षा कोठामा पानी पसेपछि पठनपाठन अवरुद्ध

सञ्जय मिश्रा, रौतहट । रौतहटस्थित एउटा सामुदायिक विद्यालयको चौतर्फी पानी जमेपछि पठनपाठन अवरुद्ध भएको छ ।
जिल्लाको पूर्विभेग दुर्गा भगवती गाउँपालिका स्थित एक सामुदायिक विद्यालयको कक्षाकोठा भित्र वर्षातको पानी जमेपछि पठनपाठन अवरुद्ध भएको हो । कक्षाकोठासंगै बर्षाको पानी विद्यालयको प्राङ्गणमा समेत जमेपछि अध्ययनरत बालबालिका लाई कठिनाई भएको छ।
दुर्गा भगवती १ स्थित जनता प्राथमिक विद्यालयको कक्षाकोठा र प्राङ्गणमा समेत पानी जमेर विद्यार्थीहरु समस्यामा परेका हुन् । विद्यालय प्राङ्गणमा डेढ दुई फिटसम्म पानी जमेपछि बिस्तारै कक्षा कोठामा समेत छिरेपछि पठनपाठन प्रभाावित भएको प्रधानाध्यापक मुकेश चौधरीले बताएका छन ।
बिद्यालय तथा बिधालय प्राङ्गण भन्दा चौतर्फी जमीन अग्लो रहेकाले सामान्य बर्षाँ हुँदापनि विद्यालयमा पानी जम्दै आएको प्रधानाध्यापक चौधरीको भनाई छ । कक्षा १ देखि ५ सम्म अध्यापन हुने उक्त विद्यालयमा करिब ३५० जना विद्यार्थी रहेका छन।
वर्षातको मौषममा विद्यालयको चौतर्फी पानी जमेर विषालु सर्पको जेखिम भएको कारण केही दिनका लागि बिदा दिएर विद्यालय बन्द गरेको प्रधानाध्यापक चौधरीले जानकारी दिएका छन। वर्षौं देखिको विद्यालयको समस्या समाधान गर्न दुर्गा भगवती गाउँ पालिका संगै शिक्षा शाखालाई जानकारी गराउँदा पनि समस्या ज्युँ का त्यूँ रहेको प्रधानाध्यापक चैधरीले गुनासो गरेका छन ।
स्थानीय निकायले शिक्षा जस्तो समेदनसिल विषयमा गम्भीर नहुँदा सैयौं बालबालिकाको भविष्य अन्यौलमा परेको अभिभावकहरुले गुनासो गरेका छन ।
















जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया