कञ्चनपुरका ८ वटा विद्यालयको नतिजा शून्य
मेरोन्यूज
२०८१ असार २० गते १७:४७

महेन्द्रनगर (कञ्चनपुर)। केही दिनअघि सार्वजनिक एसइई नतिजामा कञ्चनपुरका ८ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका निमित्त प्रमुख राजेन्द्रप्रसाद भट्टले यहाँका विभिन्न पालिकाका ८ वटा विद्यालयको नतिजा शून्य भएको बताए ।
उनका अनुसार भीमदत्त नगरपालिकाका दुई वटा, लालझाडी गाउँपालिकामा दुई, वेदकोट नगरपालिकामा एक, शुक्लाफाँटा नगरपालिकामा पनि एक विद्यालयको नतिजा शून्य आएको हो ।
त्यसैगरी बेलौरी र पुनर्वास नगरपालिकाअन्तर्गत पनि एक÷एक विद्यालयको नतिजा खराब आएको शिक्षा इकाइका निमित्त प्रमुख भट्टले जानकारी दिए । “ती विद्यालयबाट एसइईमा सहभागी विद्यार्थीले सम्पूर्ण विषयमा न्यूनतम ग्रेड ल्याउनुपर्ने हो त्यो सबै विषयमा सकेनन्”, उनले भने ।
सम्बन्धित









…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया