टीकापुर र जानकीमा अग्रिम नगद सहायता हस्तान्तरण

टीकापुर (कैलाली) । मनसुन सक्रिय भएपछि जिल्लाको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा कृत्रिम घटना अभ्यास गरिएको छ । कृत्रिम घटना अभ्याससँगै सङ्कटासन्न परिवारलाई ‘अग्रिम’ नगद सहायता वितरण गरिएको छ ।
कृत्रिम घटना अभ्यासमा पालिकाले तयार गरेकोे विपद् पूर्वकार्य ढाँचा र विपद् पूर्वसूचना संयन्त्रलाई आधार मानेर पूर्वतयारीका आठवटा चरणमा अभ्यास गरिएको हो । कृत्रिम घटना अभ्यासमा समुदायलाई सूचना प्रवाह, नगद सहायता, नाला सरसफाइलगायत काम भएका छन् ।
“टीकापुरले वडा नं ८ का नौ र वडा नं २ का एक अपाङ्गता भएका परिवारलाई अग्रिम नगद सहायता वितरण गरेको हो”, विपद् शाखा प्रमुख निर्मला चौधरीले भनीन्, “जोखिममा रहेकालाई प्रतिपरिवार रु एक हजारका दरले सहायता वितरण गरिएको हो ।”
बाढी आउनुअघि सुरक्षित रहन सहयोग गर्न नगद सहायता सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने खाता प्रयोग गरेर उपलब्ध गराइएको हो । नमूना अभ्यासमा सातदिने पूर्वानुमान र तीनदिने पूर्वानुमानसम्बन्धी सूचनाअनुसार छनोट गरिएको समुदायमा सूचना प्रवाह तथा एसएमएस गरिएको थियो ।
विपद् शाखा प्रमुख चौधरीले घटना अभ्यास गर्दा समुदाय सचेत रहेका, जनप्रतिनिधि पनि चनाखो रहेको पाइएको बताइन् । “घटना अभ्यास गर्दा जोखिममा रहेका समुदायका नागरिकले बाढी आउन थालेको हो कि पूर्वअभ्यास हो भनी फोन गर्नुभयो, यसले समुदायका नागरिक सचेत छन् भन्ने बुझिन्छ”, उनले भनीन्, “अग्रिम नगद सहायता वितरणले बाढी पूर्वको तयारीका लागि सङ्कटासन्न समुदायलाई सहयोग हुन्छ ।
घटना अभ्यासमा हामीले उनीहरूले नगद सहायता पाएका कसरी प्रयोग गर्छन् भनी हेरेका छौँ ।” नमूना अभ्यास गर्दा विपद्को तयारी र सुरक्षित रहन र पालिकाले कसरी काम गर्ने भनी सिकाइ भएको कार्यपालिका सदस्य दीपक निसानी बताउछन्।
“हामीले बाढी आउँदा गर्नुपर्ने तयारीबारे सिकाइ भयो”, उनले भनीन्, “विपद् जोखिममा रहेका नागरिक कसरी जोगाउने, हाम्रो भूमिका, कसरी उद्धार तथा राहतका कार्यमा खट्नुपर्छ भन्ने सिकाइ भएको छ ।” सामाजिक सुरक्षा भत्तामार्फत नगद सहायता वितरण गर्दा सहज भएको पञ्जीकरण उपशाखा प्रमुख चेतबहादुर बोहराले बताए ।
“हामीसँग भएका बैंक खाता प्रयोग गरी रकम पठाउँदा सहज भएको छ”, उनले भनीन् । कैलालीका यी पालिका हरेक वर्ष बाढीजन्य विपद्को जोखिममा पर्ने भएकाले पूर्वतयारीका लागि घटना अभ्यासले सिकाइ हुने गर्दछ ।
बाढीको समयमा मानिसले समयमै सूचना पाएमा क्षति हुनबाट जोगिने भएकाले पूर्वतयारीका लागि सूचना समयमै पाएमा धनजनको क्षति हुनबाट जोगाउन सकिने वडा नं ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताए। “सूचना प्रवाहमा सञ्चारमाध्यम, सरोकारवाला सबैको दायित्व हुन्छ”, उनले भने, “सही सूचनाको महत्व, सूचनापछि समुदायका मानिस सूचनाको सही प्रयोग कसरी गर्छन्, भन्ने परीक्षणसमेत भएको छ ।”
















भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
PM Karki urges security bodies to remain on high-alert for election security
Bangladesh EC secretary rules out security concerns, assures smooth polling on Feb 12
नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र गर्याे सकुशल उद्धार
बागमती प्रदेश सभाबाट ९० विधेयक पारित
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रतिक्रिया