रौतहटमा १ हजार ७०० वटा भारतीय चल्ला सशस्त्र प्रहरीद्वारा बरामद

रौतहट– रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा प्रतिबन्धित भारतीय कुखुराको चल्ला बरामद गरेको छ।
सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर रौतहटबाट गएको टोलीले परोहा नगरपालिका-८ कबिर चोकबाट भारतीय कुखुराको चल्ला बरामद गरेको हो।
भारतका केही व्यापारीले ल्याएको एक लाख ७० हजार मूल्य बराबरको १ हजार ७०० थान कुखुराको चल्ला बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद चल्लालाई जिल्ला कुखुरा व्यवसायी किसान संघको रोहवरमा खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए।
सशस्त्र प्रहरीको टोली देखेपछि व्यापारी फरार भए पनि उनीहरूले प्रयोग गरेको बिआर ०५ एम ५११७ नम्बरको प्लाटिना मोटरसाइकललगायत साइकलहरू बरामद गरिएको एसपी हुमागाईंले जानकारी दिएका छन्।
बरामद सवारीसाधन आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

















13 days to HoR Elections: EC opens TikTok competition for election publicity
आज शुक्रबारकाे सुन चाँदीकाे मूल्य यस्ताे
निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता
युएईका नेताहरूद्वारा प्रजातन्त्र दिवसको शुभकामना
पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
९५५ केजी गाँजासहित दुई जना पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया