भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा दुई बेपत्ता, सातजना घाइते

चैतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा दुईजना बेपत्ता भएका छन् । उक्त घटनामा सात कामदार घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार एक वर्ष अघि निर्माण सुरु गरिएको सो आयोजनाको कभर स्ल्याबको माथिल्लो संरचना भत्किएको हो । बेपत्ताको अवस्था अज्ञात रहेको उनले बताए । घाइते सबैलाई उद्धार गरी बाह्रबिसेस्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पताल लगिएको छ ।
बेपत्ताको खोजी गर्न सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । बेपत्ता हुनेमा बर्दियाका रामदिन थारू र सुमन थारू रहेका छन् । यस्तै उक्त घटनामा घाइते हुनेमा बर्दियाका लहानु थारू र दुर्गा चौधरी, दोलखाको कालिञ्चोकका आइतबहादुर थामी, विजय थामी, गोपाल थामी, दीपक थामी, आइतमान थामी, पदमबहादुर थामी र रामचन्द्र रिमाल तथा रोल्पाका सासन रोकामगर रहेका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खटिएको छ ।














इरानले विश्वकप फुटबलमा भाग नलिने
रौतहटमा दलितमाथि सामुहिक कुटपिट प्रकरण : ८ जनाविरुद्ध मुद्दा दर्ता
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको विशेष प्रार्थना
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
प्रतिक्रिया