मुगु कर्णालीको बिजुली फुकोट सबस्टेसनमा जोडिने

काठमाडौँ। मुगु कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् फुकोट सबस्टेसनमा जोड्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज मन्त्री शक्तिबहादुर बस्नेत र सचिव सरिता दुवाडीको उपस्थितिमा विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाही र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र ज्ञवालीले द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरे ।
कुल एक हजार नौ सय दुई मेगावाट क्षमताको जलाशययुक्त आयोजनाबाट उत्पादित बिजुली चार सय केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत कालीकोट जिल्लाको फुकोट हब सबस्टेसनमा जोडिनेछ । मुगु कर्णाली जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन अन्तिम चरणमा छ । त्यसलगत्तै वित्तीय व्यवस्थापनलगायत अन्य कामलाई अगाडि बढाउने लक्ष्य राखिएको छ ।
विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत शाहीले मुगु कर्णाली आयोजनाको विद्युत् कहाँ कसरी जोड्ने भन्ने विषयमा रहेको अन्योलताको अन्त्य भएको जानकारी दिए ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले मुलुकको आवश्यकतालाई ख्याल गरेर प्रसारण लाइन निर्माण गरिने भएकाले आजको समझदारी महत्वपूर्ण रहेको बताए ।
मन्त्रालयका सचिव दुवाडीले सरकारी स्वामित्वका दुई कम्पनीबीच समझदारी हुनु महत्वपूर्ण रहेको बताए । उनले आयोजनाको कामलाई थप गति दिन आग्रह गरे ।
सो अवसरमा ऊर्जामन्त्री बस्नेतले कर्णाली प्रदेशको आर्थिक, सामाजिक विकासका लागि मुगु कर्णाली जलविद्युत् आयोजना अति आवश्यक रहेको बताए । उनले सो आयोजनाका सम्बन्धमा बाँकी रहेका काम समयमै पूरा गर्न निर्देशन दिए ।
आयोजनासँग जोडिएका अन्य कामलाई तीव्र गतिका साथ अगाडि बढाउन र कुनै कमजोरी नगर्न सम्बद्ध पक्षलाई मन्त्री बस्नेतले निर्देशन दिए । सरकारले अगाडि सारेको आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई पूरा गर्न यस्ता प्रसारण लाइन महत्वपूर्ण मानिन्छन् ।
















आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
दार्चुलामा गयाे भूकम्प
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
प्रतिक्रिया