हेटौँडा–काठमाडौँ– दक्षिणकाली सडक खुल्यो

बागमती। अविरल वर्षाका कारण पहिरो खस्दा अवरूद्ध बनेको हेटौँडा-काठमाडौँ जोड्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२, छेपारेस्थित दक्षिणकाली सडकखण्डमा यातायात खुलेको छ । वर्षासँगै खसेको पहिरो हटाएपछिसडकमा यातायात पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पहिरो खस्दा गएरातिदेखि सो सडक अवरूद्ध भएको थियो ।
शुक्रबारदेखिको अविरल वर्षाका कारण हेटौँडा-काठमाडौँ जोड्ने अधिकांश सडक अवरूद्ध बनेका छन् । अविरल वर्षाकै कारण पहिरो खस्दा अवरूद्ध कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८, प्रतापडाँडास्थित खण्डमा पहिरो हटाउने काम भइरहेको उनले जानकारी दिए ।
त्यस्तै पहिरो जाँदा अवरूद्ध भएको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५, महालक्ष्मी खोला नजिक मातातीर्थ, चखेल र देउराली जाने सडकखण्डमा पनि पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी फाकेलबाट खटिएको टोलीले पहिरो हटाउने कार्य गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
अविरल वर्षाकै कारण अवरूद्ध रहेको भीमफेदी-काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-४, रातोमाटेस्थित सडकमा पनि पहिरो हटाउने काम भइरहेको छ । इलाका प्रहरी कार्यालय, भीमफेदीबाट खटिएको टोलीले सडक विभागको समन्वयमा पहिरो हटाउने कार्य गर्दै आएको उनको भनाइ छ ।
कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ महादेवटार, प्रतापडाडा, बकैया गाउँपालिका-१२ आले, सिमात घुम्ती सडकखण्डमा पहिरो खसेर पूर्ण रूपमा अवरूद्ध भएको र खुलाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक भण्डारीले बताए ।
पहिराेले अवरूद्ध पृथ्वीराजमार्ग खुल्यो
यसैबीच पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६, मौरीओडारमा आज बिहान पहिरा खसेर अवरूद्ध थर्पु-खैरेनीटार सडकखण्डमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ । शुक्रबारदेखि परेको वर्षाका कारण मौरीओडारमा पहिरा खस्दा उक्त खण्ड अवरूद्ध भएको थियो ।
पहिरो हटाएर राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । मुग्लिन-पोखरा सडकखण्ड विस्तारका लागि काटिएको डाँडाबाट सडकमा पहिरा खस्दा यो खण्ड पानी परेपछि जोखिममा छ ।
वर्षाका कारण सडक हिलाम्य हुँदा थर्पु-खैरेनी खण्डमा सवारी साधन सञ्चालनमा समस्या भएको छ । केही ठाउँमा सवारी साधन नै अवरूद्ध हुँदा आवतजावतमा समस्या भएको छ । जिल्लाका अन्य ठाउँमा भने हालसम्म सडक पूर्ण रूपमा खुला रहेको प्रहरीले जनाएको छ ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया