‘घरज्वाइँ’ को गीत ‘यानीमाया’ सार्वजनिक

काठमाडौं । अनिल बुढा मगरको लेखन तथा निर्देशनमा तयार फिल्म ‘घरज्वाइँ’ को नयाँ गीत सार्वजनिक भएको छ।
शनिबार सार्वजनिक ‘यानीमाया’ गीतमा मनोज थापा मगरको संगीत तथा स्वर छ। गीतका शब्द हर्क साउदका हुन्। भिडिओमा फिल्मका मुख्य कलाकार अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिचर्ड छन्।
यही गीतको रिदममा फिल्मको ब्याकग्राउण्ड म्युजिक तयार गरिएको निर्देशकले केही दिनअघि आयोजित ट्रेलर रिलिज कार्यक्रममा बताएका थिए। फिल्मको दृश्यभाषा र क्यारेक्टरको हिँडाइ र बोलाइलाई समेत फिल्मको यही गीतको थिममा नै राखेर प्रस्तुत गरिएको उनको दाबी थियो।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन्।
फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशन अनिल बुढा मगरलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्।
जनक घर्ती मगर निर्माता रहेको फिल्ममा दयाहाङ र मिरूनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ।
फिल्म असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुने तयारीमा छ
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया