‘घरज्वाइँ’ को गीत ‘यानीमाया’ सार्वजनिक

काठमाडौं । अनिल बुढा मगरको लेखन तथा निर्देशनमा तयार फिल्म ‘घरज्वाइँ’ को नयाँ गीत सार्वजनिक भएको छ।
शनिबार सार्वजनिक ‘यानीमाया’ गीतमा मनोज थापा मगरको संगीत तथा स्वर छ। गीतका शब्द हर्क साउदका हुन्। भिडिओमा फिल्मका मुख्य कलाकार अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिचर्ड छन्।
यही गीतको रिदममा फिल्मको ब्याकग्राउण्ड म्युजिक तयार गरिएको निर्देशकले केही दिनअघि आयोजित ट्रेलर रिलिज कार्यक्रममा बताएका थिए। फिल्मको दृश्यभाषा र क्यारेक्टरको हिँडाइ र बोलाइलाई समेत फिल्मको यही गीतको थिममा नै राखेर प्रस्तुत गरिएको उनको दाबी थियो।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन्।
फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशन अनिल बुढा मगरलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्।
जनक घर्ती मगर निर्माता रहेको फिल्ममा दयाहाङ र मिरूनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ।
फिल्म असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुने तयारीमा छ









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया