समाजवादी ट्रेड युनियन महासंघ जसपामा रुपान्तरण

काठमाडौँ । समाजवादी ट्रेड युनियन महासंघ जनता समाजवादी पार्टीमा आवद्धता जनाएको छ । महासंघले काठमाडौंमा एक कार्यक्रम गरी केन्द्रीय समिति रुपान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अथिति समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले भने–‘श्रमिकहरुको हक अधिकार रक्षा लागि पार्टीले सधै पक्ष पोषण गर्ने बताए ’ उनीले भने –पार्टी निर्माणको यो अभिन्न अंग हो ।
विशिष्ठ अथिति पार्टीका केन्द्रीय अध्यक्ष मा. अशोककुमार राईले भने – उपेन्द्रजी को एकाकी व्यवहारले वृहत पार्टी निर्माण गर्न र पहिचान स्थापित गर्न नसक्ने वताए । पार्टीको महाअधिवेशनमा आफु निकट केही सख्याका मानिसलाई रातारात प्रतिनिधि बनाएर कब्जा गर्न खोजेको अहिलेको व्यवहारले प्रष्ट भएको बताए ।
पार्टीका महासचिव मो. ईश्तिहाक राई भने – उपेन्द्रसंग भएको म एक्लो यस्तो व्यत्ति थिए । जो १८ बर्ष देखि काम गर्दै आएको थिए । पार्टी निर्माण क्रममा म माथि ६ वटा मुद्दा लगाए , विभिन्न आन्दोलनमा पटक पटक जेल भयो ।
श्रमिकहरुको एकताले देशको शासन व्यवस्था बदलेको ईतिहास रहेको अव श्रमिकहरुले आफनो हक अधिकारको लागि एक जुट भएर जानुको विकल्प नभएको बताए । उनले भने- ‘उहाँ चै आफु भन्दा सिनियर नेताहरुलाई पार्टीमा मिलाएर राख्न नसक्ने । उहाँले बाबुराज जी लाई भगाउनु भयो । महन्थ ठाकुर छोड्न बाध्य तुल्याउनु भयो । लामो काम गर्नु भएको अशोक जी , राजेन्द्र जी हरुलाई पनि छोड्न बाध्य पार्नु भयो ।’
समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको उत्त कार्यक्रममा पार्टी केन्द्रीय नेताहरुको पनि उपस्थिति थियो ।
















आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
दार्चुलामा गयाे भूकम्प
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
प्रतिक्रिया