कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह

तनहुँ । तीन दिनदेखिको निरन्तर वर्षाका कारण कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेको छ । पानीको सतह बढेपछि नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले तटीय, नदी आसपासमा दाउरा तथा बालुवा सङ्कलन गर्न जानेलाई सचेत रहन आग्रह गरेको छ । जलसतह बढेसँगै मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्र उच्च जोखिममा परेको छ । जलसतह बढेकाबेला नदीबाट काठलगायत वस्तु निकाल्न किनारमा नजान सचेत गराइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।
बाढी र पहिराले बिजुलीका खम्बामा क्षति हुँदा यहाँका दुई पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वडामा विद्युत् सेवा अवरोध भएको हो ।
व्यास नगरपालिका–१ र ३ जोड्ने बुल्दीखोलामा निर्माणाधीन पुलको आडमा रहेको विद्युत्को खम्बा बुल्दीखोलाले बगाउँदा अवरोध भएको थियो । उक्त बिजुलीका खम्बा मर्मतपछि विद्युत् सेवा सञ्चालन भएको तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।
पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा पहिराका कारण सात वटा बिजुलीका खम्बा ढलेपछि उक्त दुई पालिकामा विद्युत् अवरुद्ध भएको हो ।
“म्याग्दे, शुक्लागण्डकी, व्यास र आँबुखैरेनी गाउँपालिकामा १५ भन्दा बढी बिजुलीका खम्बामा क्षति पुगेको छ”, उनले भने, “आज बिहानदेखि विद्युत् अवरोध भएका स्थानमा सञ्चान गर्न कर्मचारी कार्यस्थलमा खटाइसकिएको छ ।” निरन्तर पानी परिरहेकाले काम गर्न कठिनाइ भइरहेको केन्द्र प्रमुख रेग्मीले बताए ।
















एनआरएन विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन
अस्थायी मतदाता विवरण पनि संकलन हुँदै
‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
सुनको भाउमा लगातार कीर्तिमान, तोलाको कति पुग्यो ?
प्रतिक्रिया