कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह

तनहुँ । तीन दिनदेखिको निरन्तर वर्षाका कारण कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेको छ । पानीको सतह बढेपछि नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले तटीय, नदी आसपासमा दाउरा तथा बालुवा सङ्कलन गर्न जानेलाई सचेत रहन आग्रह गरेको छ । जलसतह बढेसँगै मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्र उच्च जोखिममा परेको छ । जलसतह बढेकाबेला नदीबाट काठलगायत वस्तु निकाल्न किनारमा नजान सचेत गराइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।
बाढी र पहिराले बिजुलीका खम्बामा क्षति हुँदा यहाँका दुई पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वडामा विद्युत् सेवा अवरोध भएको हो ।
व्यास नगरपालिका–१ र ३ जोड्ने बुल्दीखोलामा निर्माणाधीन पुलको आडमा रहेको विद्युत्को खम्बा बुल्दीखोलाले बगाउँदा अवरोध भएको थियो । उक्त बिजुलीका खम्बा मर्मतपछि विद्युत् सेवा सञ्चालन भएको तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।
पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा पहिराका कारण सात वटा बिजुलीका खम्बा ढलेपछि उक्त दुई पालिकामा विद्युत् अवरुद्ध भएको हो ।
“म्याग्दे, शुक्लागण्डकी, व्यास र आँबुखैरेनी गाउँपालिकामा १५ भन्दा बढी बिजुलीका खम्बामा क्षति पुगेको छ”, उनले भने, “आज बिहानदेखि विद्युत् अवरोध भएका स्थानमा सञ्चान गर्न कर्मचारी कार्यस्थलमा खटाइसकिएको छ ।” निरन्तर पानी परिरहेकाले काम गर्न कठिनाइ भइरहेको केन्द्र प्रमुख रेग्मीले बताए ।

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
क्रिकेटर करण केसीले गरे बिहे
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
प्रतिक्रिया