पहिरामा पुरिएर बेपत्ता वृद्धाको शव भेटियो
मेरोन्यूज
२०८१ असार २३ गते १४:४७

वालिङ (स्याङ्जा) । स्याङ्जाको भीरकोट–५ ज्यामिरेमा पहिरामा पुरिएर बेपत्ता भएकी वृद्धाको शव भेटिएको छ । शनिबार दिउँसो घरमाथिबाट आएको पहिरोले बगाएर बेपत्ता भएकी स्थानीय ७३ वर्षीया ख्यामकुमारी मल्लको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।
स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसोदेखि उद्धार तथा खोजी जारी राखेका थिए । पहिराले घर पुरिँदा घरमै बसेकी मल्ललाई पुरेको थियो । उक्त घरमा सासूबुहारी बस्दै आउएका थिए । पहिरो खस्दाखस्दै बुहारी रिता मल्लको भने भागेर ज्यान जोगिएको थियो ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया