सोमबार, मंसिर २९, २०८२

साउन पहिलो साता मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

मेरोन्यूज २०८१ असार २४ गते १४:४७

काठमाडौं । राष्ट्र बैंक साउन पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा छ । बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने किसिमले तयारी थालेको हो । बैंकले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि मौद्रिक नीतिको मस्यौदा निर्माण गरिरहेको छ ।

सरकारको बजेटका वित्तीय पक्ष कार्यान्वयन गर्नका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ ।

मौद्रिक नीति छलफल कै लागी अर्थ समितिको बैठक समेत चलीरहेको छ । बैठकमा मा आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल हुनेछ।

प्रतिक्रिया