असार २८ को पर्खाइमा मुख्यमन्त्री कार्की

काठमाडौं । केन्द्रीय सत्ता समीकरणमा आएको उलटफेरसँगै कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीविरुद्ध प्रदेश सभामा संकल्प प्रस्ताव पारित गराएर मुख्यमन्त्री बनेका हिक्मत कार्कीले फेरि कांग्रेसँग मिल्नुपर्ने भएको छ ।
केन्द्रीय सत्ता समीकरणमा आएको उलटफेरले पुनः प्रदेशहरुमा हलचल मच्चिएको छ । माओवादीबाट मुख्यमन्त्री रहेका प्रदेश सरकारहरु अल्पमतमा परिसकेका छन् । कोशीका मुख्यमन्त्री कार्की भने अहिले आफूले कसैलाई सरकार छाड वा बस नभनेको बताउँछन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यही असार २८ गते केन्द्रमा कांग्रेस–एमालेको सरकार बनेपछि त्यसको असर प्रदेशमा पनि देखिने बताए ।
‘२८ गतेपछि केन्द्रमा नयाँ सरकार बन्छ । त्यसको सकारात्मक, नकारात्मक असरहरु सबै प्रदेशमा भइनैहाल्छ । कोही हट्नुपर्छ, कोही थपिनुपर्छ, यस्तै हो,’– उनले भने ।
कोशी प्रदेश सभामा एमालेको (उपसभामुखसहित) ४०, माओवादीको १३, कांग्रेसको २९, राप्रपाको (सभामुखसहित) ६, एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ सांसद छन् । कूल १० सदस्यी कोशी मन्त्रिपरिषद्मा माओवादीबाट ३ जना मन्त्री र एक जना राज्यमन्त्री सहभागी छन् ।















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया