बाँकेको सोनारीमा ‘हाइटेक’ नर्सरी निर्माण

राँझा (बाँके) । डिभिजन वन कार्यालय बाँकेले राप्ती सोनारी–९ मा वनक्षेत्रको अतिक्रमण हटाएर उच्च प्रविधिको नर्सरी निर्माण गरेको छ । राप्ती सोनारी–९ ढकेरीमा विगतमा रेञ्जपोष्ट रहेको करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका सात घरटहरा हटाएर नर्सरी निर्माण गरिएको हो ।
नर्सरीमा उच्च गुणस्तरीय बिरुवा उत्पादन गरिने शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिए ।
“गाउँपालिका, वडा कार्यालयलगायतको सहयोगमा अतिक्रमण हटाएर हाइटेक नर्सरी निर्माण गर्न सफल भएका छौँ”, उनले भने, “हाइटेक नर्सरीको टर्मिनेशन च्याम्बरमा बहुवर्षीय ठूला जातका बिरुवा आठ हजार र साना जातको बिरुवा २० हजार हुन्छ, बाहिर सामान्य नर्सरीमा ५० हजार बिरुवा उत्पादन गर्ने क्षमता रहेको छ ।”
एकीकृत भूपरिधि परियोजनाको रु ३५ लाख बजेट लगानीमा नर्सरी तयार गरिएको हो । अहिले निर्माण भएको नर्सरीमा अझै दुई–तीन तह स्तरवृद्धि गरेर पूर्ण हाइटेक नर्सरी बनाउने योजना रहेको सुवेदीले बताए ।
ढकेरी हाइटेक नर्सरीलाई लक्ष्यित गरी यो वर्ष शम्शेरगञ्जमा १६ हजार बिरुवा उत्पादन गरिएको छ । आगामी भदौमा ती बिरुवालाई शम्शेरगञ्जबाट ढकेरी हाइटेक नर्सरीमा सारिने र अर्को वर्षदेखि उक्त नर्सरीमै बिरुवा उत्पादन गरिने वन अधिकृत सुवेदीले जानकारी दिए ।
अतिक्रमण हटाएर हाइटेक नर्सरी निर्माणकार्यले वनक्षेत्र संरक्षण र बिरुवा उत्पादनको दोहोरो फाइदा भएको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत अजितकुमार कर्णले बताए । उनका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा पनि हाइटेक नर्सरीको संरचना निर्माण भएको छ । आगामी वर्षदेखि ढकेरी र नरैनापुर हाइटेक नर्सरीबाटै बिरुवा उत्पादनको काम हुनेछ ।
“चालु आर्थिक वर्षमा चार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण गरी बनेका २७ घरटहरा हटाएर १३ जनामाथि मुद्दा दायर भएको छ”, उनले भने, “अन्य स्थानको वनक्षेत्रमा विगतमा भएको अतिक्रमण हटाउने र नयाँ अतिक्रमण हुन नदिने योजनाका साथ काम भइरहेको छ ।”
















अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया