कोपा अमेरिकाको सेमिफाइनलमा भोलि बिहान अर्जेन्टिना र क्यानडा भिड्दै

काठमाडौं । जारी कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेल भोलि बिहान हुँदै छ ।
पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्यानडाबीच भिडन्त हुदै छ । यो खेल नेपाली समय अनुसार भोली बिहान ५: ४५ बजेदेखि शुरु हुँदै छ ।
पहिलो पटक कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको क्यानडाले क्वाटरफाइनलमा भेनेजुएलालाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।
क्यानडा समुह चरणमा अर्जेन्टिनासंग एकै समुहमा रहेको छ । समुह चरणको खेलमा क्यानडा अर्जेन्टिनासँग २-० गोल अन्तरले पराजित भएको थियो ।
त्यस्तै अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
अर्जेन्टिना ३७औं पटक कोपा अमेरिकाको सेमिफाइनल खेलिरहेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको अर्जेन्टिना सबैभन्दा बढी १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिना र उरुग्वे दुवैले १५-१५ पटक कोपाको उपाधि जितेका छन् ।
अर्जेन्टिना र क्यानडाबीच अहिलेसम्म केवल दुई खेल मात्र भएका छन् । जसमा दुवै खेल अर्जेन्टिनाले जितेको छ ।
















बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया