युरोकपको सेमिफाइनलमा आज नेदरल्याण्डस र ईङल्याण्ड भिड्दै

काठमाडौँ । युरोकपको दोस्रो सेमिफाइनलमा आज नेदरल्याण्डस र ईङल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शरू हुदै छ ।
नेदरल्याण्डसले क्वाटरफाइनलमा टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने ईङल्याण्डले स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।
नेदरल्याण्डसले यो सहित ११औ पटक युरोकप खेल्दै छ भने अहिलेसम्मको नेदरल्याण्डसको उत्कृष्ट प्रदर्शन १९८८ मा युरोकपको उपाधि जितेको थियो ।
त्यस्तै इङल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो २०२० को युरोकपको उपविजेता बनेको थियो । त्यस्तै स्वीजरल्याण्डले पनि अहिलेसम्म युरोकपको उपाधि जितेको छैन ।
नेदरल्याण्डस र ईङल्याण्डबीच अहिलेसम्म २२ खेल भएका छन् । जसमा ईङल्याण्डले ६ खेल जितेको छ भने नेदरल्याण्डसले ७ पटक जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।
जारी युरोकपमा दुवै देशको प्रदर्शन समान किसिमकै देखिन्छ ।
स्टार खेलाडीहरुले भरपुर दुवै टिमको प्रदर्शन भने खेलाडी अनुसारको देखिएको छैन । ईङल्याण्डका लागि फिल फोडेन र ह्यारी केन जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने नेदरल्याण्डसका लागि कोडी गाक्पो र भिगिल भानडाइक जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया