सोमबार, वैशाख २२, २०८२

विहिबार बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

मेरोन्यूज २०८१ असार २७ गते ११:०२

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको छ । 

यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया