बाढीपहिरो प्रभावितलाई रेडक्रसको सहयोग

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले बाढीपहिरो प्रभावितलाई रु १ करोड ५० लाखको गैरखाद्य सामग्री आफ्ना जिल्ला शाखालाई पठाएको छ । रेडक्रसले त्रिपाल, कम्बल, म्याट्रेस, भाँडाकुँडालगायत सामग्री प्रभावित जिल्लामा पठाएको हो ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालका अनुसार विभिन्न सहयोगी निकायसँगको सहकार्यमा विपद्मा परेका तीन सय ७६ र रेडक्रसबाट दुई सय नौजनालाई तयारी खाना वितरण गरिएको छ । हालसम्म एक सय ९१ परिवारलाई त्रिपाल, एक सय चार परिवारलाई कम्बल र २२ परिवारलाई भाँडाकुँडा सेट वितरण गरिएको छ ।
बाढीपहिरोबाट प्रभावित क्षेत्रका पाँच सय ८५ जनाको उद्धार गरिएको अध्यक्ष नेपालले बताए । वर्षाका कारण यही असार १२ देखि हालसम्म २७ जिल्ला प्रभावित भएको रेडक्रसले जनाएको छ । नेपाल रेडक्रसको आपतकालीन कार्य सञ्चालन केन्द्रबाट मनसुनको अवस्था र प्राप्त विवरणका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नियमित सूचना सम्प्रेषण भइरहेको रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिए ।
रेडक्रसले राष्ट्रियस्तरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र र अन्य सरोकारवाला निकाय तथा अन्तर्राष्ट्रिय रेडक्रस अभियानका सदस्य निकायमा सूचना सम्प्रेषण भइरहेको उनको भनाइ छ ।
बाढीको उच्च जोखिममा रहेका बाँके, बर्दिया र कैलालीका १२ पालिकमा रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घको विपद् प्रतिकार्य आपत्कालीन कोष (डिआरइएफ)को सहयोगमा बाढी पूर्वकार्य सञ्चालन भइरहेको रेडक्रसले जनाएको छ ।
रेडक्रसले मनसुनजन्य विपद्मा तत्काल आपत्कालीन प्रतिकार्यका लागि सातै प्रदेश र ७७ जिल्ला शाखामा तालिमप्राप्त जनशक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सबै प्रदेश र जिल्लामा मनसुन पूर्वतयारी र प्रतिकार्य सञ्चालनका लागि कार्ययोजनासहित अभिमुखीकरण कार्य सम्पन्न भएको रेडक्रसले जनाएको छ ।
गोदामघरमा राहत सामग्रीको भण्डारण र विपद् अतिजोखिम जिल्लामा पूर्वतयारीका लागि राहत सामग्री पठाइएको महामन्त्री श्रेष्ठले जानकारी दिए । राहत सामग्री भण्डारण गर्ने र आवश्यकतानुसार तत्काल प्रतिकार्यका लागि प्रदेश र जिल्ला शाखाबाट प्रदेश र स्थानीय तहमा समन्वय भइरहेको उनले बताए।
















अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया