गलेश्वर र राहुघाट जोखिममा (भिडियाे)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट र बेनी नगरपालिका–९ गलेश्वर पहिरो, कटान र बाढीको चपेटामा परेको छ ।
संरक्षणका लागि बनाइएको तटबन्ध बगाएको बाढीले सडकलाई कटान गरेर साघुरो बनाएपछि राहुघाटमा बेनी–जोमसोम सडक जोखिममा परेको हो । रघुगंगा नदीले गलेश्वर तर्फ बाढी नियन्त्रणका लागि निर्माण गरेको तटबन्ध भत्काएपछि बस्ती, मोटरेबल पुल र राहुघाटको बस्ति बाढीको जोखिममा परेको छ ।
रघुगंगाको बाढीले गलेश्वरको मोटरेबल पुल नजिकै करिब ५० मिटर पाइपलाईन बगाएपछि रिठाखर्क र पुम्दीको मुहानबाट बेनीमा शुक्रबार बिहान देखि खानेपानी आपुर्ति बन्द भएको छ । राहुघाट र कालीगण्डकीको दोभानबाट ढुंगा, गिट्टी, बालुवा निकाल्न डोजर लैजान बनाइएको बाटोबाट बाढी पसेर सडक कटान गरेको हो ।
राहुघाटका बासिन्दाहरु रातको समयमा गलेश्वमा रहेका आफन्तकहाँ गएर सुत्ने गरेका छन् । राहुघाटमा रहेको धार्मिक तथा ऐतिहाँसिक महत्वको गायत्री मन्दिर क्षेत्र उच्च जोखिममा परेको छ ।












पूर्वमन्त्री एवम् नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायूको आंशिक प्रभाव : आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
प्रतिक्रिया