गलेश्वर र राहुघाट जोखिममा (भिडियाे)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट र बेनी नगरपालिका–९ गलेश्वर पहिरो, कटान र बाढीको चपेटामा परेको छ ।
संरक्षणका लागि बनाइएको तटबन्ध बगाएको बाढीले सडकलाई कटान गरेर साघुरो बनाएपछि राहुघाटमा बेनी–जोमसोम सडक जोखिममा परेको हो । रघुगंगा नदीले गलेश्वर तर्फ बाढी नियन्त्रणका लागि निर्माण गरेको तटबन्ध भत्काएपछि बस्ती, मोटरेबल पुल र राहुघाटको बस्ति बाढीको जोखिममा परेको छ ।
रघुगंगाको बाढीले गलेश्वरको मोटरेबल पुल नजिकै करिब ५० मिटर पाइपलाईन बगाएपछि रिठाखर्क र पुम्दीको मुहानबाट बेनीमा शुक्रबार बिहान देखि खानेपानी आपुर्ति बन्द भएको छ । राहुघाट र कालीगण्डकीको दोभानबाट ढुंगा, गिट्टी, बालुवा निकाल्न डोजर लैजान बनाइएको बाटोबाट बाढी पसेर सडक कटान गरेको हो ।
राहुघाटका बासिन्दाहरु रातको समयमा गलेश्वमा रहेका आफन्तकहाँ गएर सुत्ने गरेका छन् । राहुघाटमा रहेको धार्मिक तथा ऐतिहाँसिक महत्वको गायत्री मन्दिर क्षेत्र उच्च जोखिममा परेको छ ।


















व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
आजदेखि देशभर आर्थिक गणना हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया