नयाँ सरकारलाई तोसिमाको प्रश्न- तपाईंहरूको गणित कमजोर हो कि नियतमै खोट हो ? (भिडियाे)
मेरोन्यूज
२०८१ असार ३१ गते १८:४४

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले नयाँ सरकारमा दलित समुदायको प्रतिनिधित्व नभएकोमा आपत्ति जनाएकी छन् ।
सोमबार बसेकाे प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले महिलाहरूको प्रतिनिधित्व पनि कम भएको भन्दै सरकारमाथि प्रश्न उठाएकी छन् ।
“दुई ठूला दल मिलेर बनेको सरकारको जम्बो मन्त्री टोलीमा जम्मा दुई महिला अटाउन सकेछन् । आधा आकाश ढाक्ने महिलाको प्रतिनिधित्व ५० प्रतिशत हुनुपर्नेमा ३३ प्रतिशत चाहिँ हामी अनिवार्य गराउँछौँ भन्ने दुई ठूला दलको ३३ प्रतिशत भनेको २२ को २ हुँदो रहेछ । तपाईंहरूको गणित कमजोर हो कि नियतमै खोट हो ? महिला अधिकार कहाँ गयो ? संविधान र लोकतन्त्रको मूल्यमान्यता कहाँ गयो ?,” सांसद कार्कीले प्रश्न गरिन् ।
उनले जनताको हित हुने गरी काम गर्न पनि सरकारलाई शुभकामना समेत दिएकी छन्।
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया