नयाँ सरकारलाई तोसिमाको प्रश्न- तपाईंहरूको गणित कमजोर हो कि नियतमै खोट हो ? (भिडियाे)
मेरोन्यूज
२०८१ असार ३१ गते १८:४४

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले नयाँ सरकारमा दलित समुदायको प्रतिनिधित्व नभएकोमा आपत्ति जनाएकी छन् ।
सोमबार बसेकाे प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले महिलाहरूको प्रतिनिधित्व पनि कम भएको भन्दै सरकारमाथि प्रश्न उठाएकी छन् ।
“दुई ठूला दल मिलेर बनेको सरकारको जम्बो मन्त्री टोलीमा जम्मा दुई महिला अटाउन सकेछन् । आधा आकाश ढाक्ने महिलाको प्रतिनिधित्व ५० प्रतिशत हुनुपर्नेमा ३३ प्रतिशत चाहिँ हामी अनिवार्य गराउँछौँ भन्ने दुई ठूला दलको ३३ प्रतिशत भनेको २२ को २ हुँदो रहेछ । तपाईंहरूको गणित कमजोर हो कि नियतमै खोट हो ? महिला अधिकार कहाँ गयो ? संविधान र लोकतन्त्रको मूल्यमान्यता कहाँ गयो ?,” सांसद कार्कीले प्रश्न गरिन् ।
उनले जनताको हित हुने गरी काम गर्न पनि सरकारलाई शुभकामना समेत दिएकी छन्।
सम्बन्धित
















ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया