कञ्चनपुरको लालझाडीमा आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालन

कञ्चनपुर । विपद्जन्य घटना कम गर्ने उद्देश्यले लालझाडी गाउँपालिकामा आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाभित्रका प्राकृतिक तथा गैरप्राकृतिक जोखिमबाट हुनसक्ने क्षति घटाउन आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको हो ।
आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएपछि विपद्बारे पूर्वसूचना सङ्कलन गरी क्षतिलाई न्यूनीकरण गर्न सकिने गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो । गाउँपालिका बाढीजन्य घटनाका जोखिममा रहेकाले यसबारे पूर्वसूचना सङ्कलन गरी जीउधनको सुरक्षा गर्न सकिने अध्यक्ष रानाले उल्लेख गरे।
केन्द्र सञ्चालन गर्न पालिकाले कार्यसञ्चालन कार्यविधि दुई वर्षअघि नै निर्माण गरिसकेको छ । केन्द्र सञ्चालनमा ल्याइए कार्यविधिअनुसार सञ्चालन गरिने छ । गाउँपालिकाको आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थानीय विपद् व्यवस्थापन समितिको निर्देशनबमोजिम सञ्चालन हुने कार्यविधिमा व्यवस्था गरिएको छ ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया