एमजी४ ईभीले गर्यो अपर मुस्ताङ कोरालासम्मको यात्रा

काठमाडौं। एमजी मोटर्सले नेपालमा आफ्नो मजबुती प्रदर्शन गर्दै अपर मुस्ताङको यात्रा गरेको छ । कम्पनीको एमजी४ विद्युतीय गाडी (ईभी)ले अपर मुस्ताङका कोराला नाकासम्मको यात्रा पूरा गरेको हो ।
करिब चार हजार ६६० मिटरको उचाइस्थित नाकासम्मको सफल यात्राले गाडीको असाधारण शक्ति र क्षमतालाई झल्काएको कम्पनीको भनाइ छ ।
त्यहाँसम्म गाडी पुर्याउने एमजी४ ईभीका एक ग्राहक धीरेनमान श्रेष्ठले मुस्ताङको कठिन अफरोडमा समेत सहज यात्रा गर्न सकिएको बताए । उनले गाडीमा रहेको ५–लिंक रियर इन्डिपेन्डेन्ट सस्पेन्सन, रियर ह्वील ड्राइभ र स्टिफ सस्पेन्सन प्रणालीले यात्रा सफल भएको बताए ।
एमजीले नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै १०० वर्षभन्दा बढी समयको उत्कृष्टतालाई कायम राखेको दाबी गरेको छ ।
सन् २०२२ मा विश्वभर सार्वजनिक एमजी ४ ईभीले २०२४ मा ओभरअल कार अफ दी इयर, २०२३ मा बेस्ट भेल्यु कार अफ दी इयर र २०२३ मै कार अफ दी इयरलगायत पुरस्कार जितेको कम्पनीले जनाएको छ ।

















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया