प्रधानमन्त्री ओलीलाई सरकार चलाउन आफ्नै पार्टीले दियो १० बुँदे सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टी नेकपा एमालेले सरकारले गर्नुपर्ने कामहरूबारे १० वटा सुझाव दिएको छ।
शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर एमाले प्रतिनिधि मण्डलले सरकारले आगामी ३ वर्षभित्र गर्नुपर्ने ठोस कार्यसम्बन्धी १० सुझाव दिएको हो।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई सुझाव बुझाइएको जानकारी दिए। गत असार २१ केन्द्रीय बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० बुँदे सुझाव बुझाइएको ज्ञवालीले बताए।
नेकपा एमालेले अघिल्लो सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि विभिन्न समयमा जनताका मुद्दाबारे निरन्तर सुझाव पेश गर्दै आएको थियो।
एमालेले २०७९ को निर्वाचनपछि विभिन्न समयमा कहिले ग्रासरुट अभियान त कहिले एमालेको पूर्वपश्चिम यात्रा अभियानबाट जनताको घरदैलोसम्म पुगेर उनीहरूका समस्या र गुनासाहरू केन्द्रसम्म ल्याएर समाधानका लागि पहल गर्दै आएको छ।
















अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया