ओलीलाई संविधान विपरित प्रधानमन्त्री बनाइएकाे तीन प्रतिपक्षी दलको निष्कर्ष

काठमाडौं । तीन प्रतिपक्ष दलले केपी शर्मा ओलीलाई संविधानको व्यवस्था विपरित प्रधानमन्त्रीमा नियुक्त गरिएको निष्कर्ष निकालेका छन् ।
शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका विपक्षी दलका नेताहरुले संविधान विपरित प्रधानमन्त्री नियुक्त गरिएको निष्कर्ष निकालेका हुन् ।
बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधान मिचेर सरकार गठन भएको बताउँदै यस बारे संसदमा कुरा उठाउने बताए । उनले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा धारा ७६ को उपधारा २ बाट नै सरकार गठनको आह्वान संविधान विपरीत रहेको पुनले बताए ।
उपमहासचिव पुनले संविधान मिचिएकोसहित भ्रस्टाचारका विषयहरु संसदमा सशक्त रूपमा उठाउने बताए ।
















परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
प्रतिक्रिया