नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्र पुष्पलाल : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताएका छन् ।
अध्यक्ष नेपालले ४६औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न किसिमले विस्तारित भइरहेको बताए ।
क्रान्तिले एकपछि अर्को उपलब्धि हासिल गरिरहेको बताउँदै उनले भने, “यस अर्थमा हामी उनलाई कहिल्यै बिर्सन सक्दैनौँ, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि सुरु गरेको कम्युनिष्ट आन्दोलनमा उनले निर्वाह गरेको भूमिका आज पनि उत्तिकै महत्वपूर्ण छ ।”
विसं १९९७ मा दाजु सहिद गङ्गालाल, अरू सहिद र २००७ सालको क्रान्तिका योद्धाहरूबाट प्रेरणा पाउनुभएका पुष्पलाल निरङ्कुश तानाशाही पञ्चायती कालमा अनेकौँ जोखिमपूर्ण अवस्थामा पनि जीवनको अन्तिम घडीसम्म आफ्नो आस्थाप्रति अटल र अविचलित रही सङ्घर्षको यात्रामा अविराम क्रियाशील रहेको अध्यक्ष नेपालले उल्लेख गरे ।
पूर्व प्रधानमन्त्री नेपालले पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै निरूपण गरेका नेपाली क्रान्तिको सिद्धान्तमा आफ्नो पार्टी उभिएर समाजवादी व्यवस्था कार्यान्वयनका निम्ति लागि रहेको बताए ।
पुष्पलालको सिङ्गो जीवनयात्रा, सैद्धान्तिक–वैचारिक रचना र कार्यक्रमहरूमा सर्वहारावादी दृष्टिकोण पाइने बताउँदै उहाँले नेपाली समाजको ऐतिहासिक भौतिकवादी ढङ्गले व्याख्या गर्नुभयो र समाजमा विद्यमान वर्ग विश्लेषण, त्यसको विकासक्रम, वर्गीय अन्तर्विरोधको पहिचान तथा समाधानका उपायहरूलाई माक्सवादी ढङ्गले व्याख्या गर्ने कामको अगुवाइ गरेको उल्लेख गरे ।
संयुक्त जनआन्दोलनको सिद्धान्त प्रतिपादन गर्नुभएको बताउँदै उाले भो, “पुष्पलालले आफ्नो पुस्तालाई मात्र नभएर पछिसम्मका लागि पनि दिएको सबैभन्दा ठूलो योगदान भनेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना नै हो ।”
कम्युनिष्ट पार्टीको संस्थापकका रूपमा पार्टीलाई अगाडि बढाउन उाले कुशल सङ्गठकको भूमिका निर्वाह गर्नुभएको स्मरण गर्दै अध्यक्ष नेपालले पुष्पलालले प्रतिक्रियावादी सत्तालाई उन्मूलन गर्नका लागि समाजका सबै क्रान्तिकारी, परिवर्तनकामी समूह र राजनीतिक शक्तिहरूलाई एकताबद्ध भएर जानुपर्ने दृष्टिकोण राखेको बताए ।
नेपाली क्रान्ति सम्पन्न गर्न नेपाली विशेषताको समाजवाद तथा वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिको घोषणाका साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) क्रियाशील रहेको भन्दै उनले हाम्रो रणनीतिक उद्देश्य लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गरी समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण रहेको उल्लेख गरे ।
अध्यक्ष नेपालले राष्ट्र र जनताको, श्रमजीवी वर्गको हित र समृद्धिलाई अवलम्बन गर्दै आत्मनिर्भर स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने अठोट आफ्नो पार्टीले गरेको बताए।

















‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै
पाकिस्तानको कराचीमा वर्षा : कम्तीमा १७ जनाको मृत्यु, ३० घाइते
प्रधानमन्त्री कार्की रारामा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
समानुपातिकतर्फका सांसदहरूले पाए प्रमाण पत्र
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया