सोमबार, चैत ९, २०८२

एनआइसी एशिया बैंक २७ औँ वर्षमा प्रवेश

मेरोन्यूज २०८१ साउन ७ गते १७:११

काठमाडौँ । एनआइसी एशिया बैंक २७ औँ वर्षमा प्रवेश गरेको छ। २०५५ साल साउन ६ गते स्थापना भएको बैंक आइतबारबाट २७ औँ वर्षमा प्रवेश गरेको हो।

Advertisement
nepal life insurencenepal life insurence

बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा लिएर बैंक अगाडि बढेको छ। बैंक आज यो स्थानसम्म आइपुग्नुको कारण ग्राहक,नियामक, शेयरधनी, कर्मचारी र सरोकारवालाहरु रहेको बताएको छ।

डिजिटल फष्ट बैंक बन्ने अभिप्राय लिएर अगाडि बढेको बैंकले स्थापनाकालदेखि हालसम्म देशभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।

बैंकले देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिइरहेको जनाएको छ।

साथै, वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरेको बैंकको भनाइ छ।

बैंकले स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू २६ अर्ब ५९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको जानकारी दिएको छ। यस्तै अर्थिक वर्ष २०८०/८१ मा मात्रै रू २ अर्ब ८९ करोड भन्दा बढी राजश्व पनि बुझाएको बैंकले जनाएको छ।

प्रतिक्रिया