तरकारी तथा फलफुलको मुल्य सार्बजनिक, कतिमा हुँदैछ खरिदबिक्री

काठमाडौ, साउन ०८ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी मालदह आँप १०० रुपैयाँ तथा दसहरी आँप १०० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भैरहेको छ । अनारको ३५०, केरा १४० रुपैयाँ दर्जन, हरियो तरबुजा ६०, लोकल काक्रो ८०, भारतीय मेवा ९० किवि ५००, आभोकाडो ५५, चुकुन्दर ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार लोकल सानो गोलभेडा २० र नेपाली ठूले गोलभेडा ६५, अदुवा २२०, रातो आलु ६८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ९०, लौका ४०, कागती २४०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी १०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लेकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ८५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ४०, हाइब्रीड गान्टे मूला ७० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १०० र राजमा घिउ सिमी १३० रुपैयाँ, पाकेके फर्सी ६५ र हरियो डल्लो फर्सी ८० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ७० र रायोको साग १५० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग ३०० रुपैयाँमा कारोबार हुनेछ ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८५, हरियो प्याज १८० र पुदीना ५४० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ११०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन १६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७० र हरियो धनिया ४५० रुपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २४० र रहु माछा ३४० रुपैयाँमा किनबेच भइरहेको छ ।
















पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया