साउदी लिग जाने चर्चामा यी प्रिमियर लिगका स्टार खेलाडी

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो र नेइमार जस्ता सुपरस्टार खेलाडी साउदी प्रो लिगमा गएपछि अहिले साउदी फुटबल ठुला खेलाडीको लक्ष्य हुन थालेको छ । अहिले खेलाडीको ट्रान्सफर विन्डो खुली रहेको बेला प्रिमियर लिगका ठुला खेलाडीले साउदी लिग जाने तयारी गरेका छन् ।
यस रिपोर्टमा साउदी प्रो लिगमा जानसक्ने प्रिमियर लिगमा खेलिरहेका हाइप्रोफाइल खेलाडीको बारेमा चर्चा गर्दै छौं ।
यस सूचीमा सबै भन्दा अगाडी आर्सनलबाट खेलिरहेका ब्राजिलका गाब्रियल जिससको नाम रहेको छ । आर्सनलमा पर्याप्त खेल समय नपाएका कारण असन्तुष्ट रहेका जिसस साउदी क्लब अल अहलीमा जानसक्ने बताइएको छ । हाल ब्राजिलको टिममा समेत नपरेका जिसस उनको पुर्व क्लब म्यानचेस्टर सिटीका सहकर्मी रियाद महरेजसँग पुनर्मिलन हुनसक्ने बताइएको छ ।
त्यस्तै ब्राजिलकै अर्को खेलाडी रिचार्लिसनले पनि साउदी लिग जान सक्ने बताइएको छ । हाल टोटनह्यामबाट खेलिरहेका रिचार्लिसनलाई अल अहली क्लबले नै चासो देखाएको छ । यस अघि उनी अल हिलाल जाने चर्चा रहेको थियो ।
साउदी जाने ठुलो खेलाडीको सूचीमा बेल्जियमका प्लेमेकर केभिन डी ब्रुनेको नाम अगाडी आएको छ । हाल म्यानचेस्टर सिटीबाट खेलिरहेका ब्रुनेले सिटी छोड्ने लगभग निश्चित रहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार ब्रुनेले साउदी क्लब अल इत्तिहादसँग मौखिक सहमति गरिसकेको बताइएको छ । ब्रुने आफैले पनि केहि समय अघि युरोपमा दश बर्ष खेल्दा कमाएको पैसा साउदीमा एक बर्षमा कमाउन सक्ने भन्दै आफु नजिकका सबैले साउदी जान भनिरहेको बताएका थिए ।
त्यस्तै ब्राजिलियन गोलकिपर एडरसन पनि साउदी क्लब जाने लाइनमा रहेका छन् । हाल म्यानचेस्टर सिटीबाट खेलिरहेका एडरसनलाई साउदी क्लब अल इत्तिहादले अफर गरेको बताइएको छ ।
त्यसैगरी हाल लिभरपुलबाट खेलिरहेका ब्राजिलका अर्का गोलकिपर एलिसन बेकरलाई साउदी क्लब अल नासरले अफर गरेको बताइएको छ । उनको लिभरपुलका पुर्व सहकर्मी साडियो मानेसँग अल नासरमा पुनर्मिलन हुनसक्ने बताइएको छ ।
त्यस्तै लिभरपुलका स्टार खेलाडी मोहमद सलाहको नाम पनि साउदी लिग जानसक्ने खेलाडीको सूचीमा रहेको छ । सलाहलाई साउदी क्लब अल इत्तिहादले १५० मिलियन युरोको अफर गरेको बताइएको थियो । उनको लिभरपुलमा अब एक बर्ष सम्झौता रहेको छ । यस अवस्थामा उनी लिभरपुलमा खेलिरहने वा क्लब छोड्ने भन्ने विषय अझै स्पष्ट रहेको छैन । तर उनलाई साउदी क्लबले भित्र्याउने पहल भने गरिरहेका छन् ।
त्यस्तै हाल म्यानचेस्टर युनाइटेडमा खेलिरहेका ब्राजिलियन खेलाडी क्यासेमिरोलाई भित्र्याउन अल नासर र अल इत्तिहादले इच्छा देखाएका छन् । म्यानचेस्टर युनाइटेडले पनि क्यासेमिरोलाई बेच्ने बताइएको छ । युनाइटेडले क्यासेमिरोलाई ३० मिलियन युरोमा बेच्ने बताइएको छ ।
त्यसैगरी ब्राजिलियन मिडफिल्डर लुकास पाक्वेटा पनि अल नासरमा जाने सक्ने चर्चा चलेको छ । त्यसैगरी चेल्सीबाट खेलिरहेका स्पेनका गोलकिपर केपा आरिजाबालागा पनि साउदी क्लबको निशानामा रहेका छन् । उनलाई अल इत्तिहादले चासो देखाएको मिडिया रिपोर्टमा बताइएको छ ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया